पर्वत–पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नं. २ छमर्के देखी बागलुङ जाँदै गरेको बस दुर्घटना हुँदा चालक सहित ५ जना घाईते भएका छन् ।
आज विहान छमर्केबाट बागलुङ जाँदै गरेको ग १ ख ८२५२ नम्वरको बस पर्वतको नयाँपुलमा विहान साढे ८ बजेको समयमा दुर्घटना भएको हो । बसको टाईरेट फुस्किएर बस सिसौको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा चालक कुश्मा नगरपालका वडा नं. २ छमर्के निवासी वर्ष २५ को श्याम खड्का सहित अन्य यात्रुहरु कुनपा २ का वर्ष २६ का यम शर्मा, सोहि ठाउँका २० वर्षिया सविना शर्मा उनकी डेढ वर्षकी छोरी र बागलुङ नगरपालिका ७ ढिकीचौरका वर्ष ५४ का प्रेम शर्मा रहेका । घाईतेहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भैरहेको छ । उनिहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।






