पर्वतको जलजला गाउँपालिकाको नीति तथा कार्यक्रम पारित, फलामेडाँडाबाट केवलकार चलाउने - News site from Nepal

पर्वत–पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गरेको छ ।
गाउँसभाको आजको बैठकमा गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्व सम्मत रुपमा पारित भएको हो । गाउँपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सरसफाई, पर्यटन विकास लगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।
लक्षित समूदायको आर्थिक हैषियत उकास्ने लक्ष्य लिएको छ । योजना छनौटमा जनसहभागिता बृद्धि गर्ने, सन्तुलित र न्योचित विकास गर्ने गाउँपालिकाको योजना रहेको छ । अध्यक्ष मल्लले जडिबुटि खेती प्रवर्दन गर्ने, स्थान्ीय स्रोत साधानहरुको समूचित प्रयोग गर्ने, जलविद्युत र उद्योग कलकारखाना सञ्चालन गर्ने विषय पनि प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । अघिल्लो वर्षहरुमा विकासको जग वसालेको र अवको समय जग उकास्ने काममा ध्यान दिने अध्यक्ष मल्लले प्रस्तुत गरेको कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिकाले सबै वडामा सहज सडक बनाउने, सबैको पहुँचमा शिक्षाको अवसर सिर्जना गर्ने, कर घटाउने र दायरा बढाउने लक्ष्य लिएको छ । ढुंगा, गिटी, वालुवाको उत्खननमा कडाई गर्ने गाउँपालिकाको कार्यक्रम रहेको छ । तरकारी खाद्यन्न र फलफुलका पकेट र व्लक बिस्तार गर्ने, संकलन केन्द्र र चिस्यान केन्द्र बनाउने, सबै स्वास्थ्य चौकीहरुको स्तरउन्नती गर्ने कार्यक्रम गाउँपालिकाले सार्वजनिक गरेको छ । सफा शौचालय सफा गाउँ घर, बनाउने हाम्रो ध्यान नारा दिएर सरसफाईमा बिशेष जोड दिईएको छ ।
फलामेडाँडाबाट केवलुकार चलाउने योजना समेत गाउँपालिकाले बनाएको छ । कालीगण्डकीमा ५० मेगावटको जलविद्युत आयोजनाको संभाव्यता अध्ययन भैसकेको र आगामी वर्ष काम शुरु गर्ने योजना रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
बैँक तथा वित्तिय संस्था र सहकारीको विकासमा पनि गाउँपालिकाले जोड दिएको छ भने सूचना र सञ्चारलाई पनि नीति तथा कार्यक्रमले जोड दिएको छ । गाउँपालिकामा आर्थिक उपार्जनका नयाँ नयाँ संभावना खोजी गरि नागरिकहरुको जीवनस्तर उकास्ने गाउँपालिकाले योजना बनाएको छ । दलित, महिला, जनजाती, बालबालिका, जेष्ठ नागरिक, यूवाहरुका लाष् िविशेष कार्यक्रम समेत गाउँपालिकाले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने सोचमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!