
काठमाडौं– चट्याङ् लागेर मानिसको मृत्यु हुने गर्दछ । गृह मन्त्रालय राष्ट्रिय आपतकालिन परिचालन केन्द्रका अनुसार गएराति पनि चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।
सुरक्षा सर्तकता अपनाउने हो भने पनि चट्याङ्बाट हुने क्षति न्यूनिकरण गर्न सकिन्छ । चट्याङ् पर्दा विभिन्न सुरक्षा उपायहरु अपनाउन सकिन्छ । घरभित्र र घर बाहिर अनि चट्याङ परी सकेपछि पनि सुरक्षा सर्तकता अपनाउनु पर्छ ।
चट्याङ्का बेला अग्लो स्थानमा नजाने, जंगलमा भए एउटामात्र रुख भएको स्थानमुनि ओत लाग्नु पर्छ । यस्तै माछा मार्ने, पौडी खेल्ने डुंगा चढ्ने गर्नु हुँदैन ।
यस्तै चट्याङ्का बेला घरभित्र पनि सुरक्षा सर्तकता अपनाउनु पर्छ । विद्युतिय उपकरण प्रयोग नगर्ने, झ्याल ढोका खुला नछोड्ने, भित्तामा टाँसिएर नबस्ने, सिधै धारामा नुहाउने, भाँडा माझ्नेजस्ता कार्य गर्नु हुँदैन ।

