मलेसियाले श्रमिकको तलब बढाउने - News site from Nepal
मलेसियाले श्रमिकको तलब बढाउने

 काठमाडौं : मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ।
मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको खबर गोरखापत्र दैनिकमा छ।
मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब एक हजार २०० रिङ्गिट हुने भएको छ। तलब बढेपछि श्रमिकले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन्।
मलेसियामा हाल श्रमिकको न्यूनतम तलब एक हजार १०० रिङ्गिट रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!