पर्वतको खुर्कोटका पहिरो पिडितलाई गण्डकी प्रदेश सरकारद्धारा राहत सहयोग - News site from Nepal

पर्वत–गत भदौ पाँच गत राती घर भन्दा माथिबाट आएको पहिरोले पुरिएर ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटका रेमबहादुर चालिसेको परिवारलाई गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ ।
घटना लगत्तै पिडित परिवारलाई भेट्न गाउँ पुग्नुभएका गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पिडित परिवारलाई प्रदेश सरकारको तर्फवाट रु ५० हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । मन्त्री लम्सालले पिडित परिवारलाई भेटी राहत र पुर्नस्थापनाका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।


उक्त रकम बुधवार जिल्ला प्रशासन कार्यालय पर्वतमा आयोजित एक कार्यक्रमका बीच पिडित परिवारका कान्छा छोरा ज्योतीन्द्रकुमार चालिसेलाई प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रजिअ नेपालले उक्त घटनामा सुरक्षा निकायले ढिलो जानकारी पाउँदा उद्धारमा केहि समस्या भएको बताउँदै वर्षायाममा सवै नागरिकहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले चालिसेको परिवारलाई विभिन्न क्षेत्रवाट राहतका लागि पहल भैरहेको बताउँदै यस्ता सहयोगले पिडित परिवारलाई जीवनयापनका लागि सहज हुने बताउनुभयो । उहाँले पर्वतमा यस वर्ष दुईवटा दुःखद घटना भएको जानकारी दिनुभयो ।
घटना लगत्तै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि पिडितलाई भेट्न पुग्नुभएको थियो ।
उक्त परिवारलाई यस अघि कुश्मा नगरपालिका, गृह मन्त्रालय, सांसद पदम गिरी, पर्वत सेवा समाज कतार, नेपाली काँग्रेस पर्वत लगायतले पनि आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!