काठमाडौं । कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो ।
गत जेठमा भएको कक्षा ११ को परीक्षामा देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।
बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।






