शिवालय क्याम्पसको आठौ बार्षिकोत्सव सम्पन्न, प्रविधियुक्त शिक्षाको विकासमा प्रदेशको जोड ःमन्त्री लम्साल - News site from Nepal

पर्वत – पर्वत सदरमुकाम कुश्माबजारमा रहेको शिवालय बहुमुखि क्याम्पसको आठौ बार्षिकोत्सव तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गुणस्तरीय शिक्षाको विकासमा प्रदेश सरकारले ध्यान दिएको बताउनुभयो । अबको शिक्षा प्रविधियुक्त र रोजगारमुलक हुनुपर्नेमा जोड दिँदै नेपालमै शिक्षा लिएर नेपालमै रोजगार सिर्जना सक्ने खालको हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि प्रदेशका ८५ वटै स्थानीय तहमा प्रविधियुक्त शिक्षाको विकास गरिने बताउनुभयो ।
अर्को प्रसंगमा मन्त्री लम्सालले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाउन लागिएको बताउँदै बढि भन्दा बढि पर्यटकहरुलाई यस प्रदेशमा भित्र्याउनका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिएको बताउनुभयो । उहाँले पर्यटनको विकास बिना मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउँदै अब हरेक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले गुणस्तरीय शिक्षाको विकासमा तीनै तहका सरकारहरुले ध्यान पु¥याउनुपर्ने बताउँदै शिक्षाको विकास नै मुलुकको समृद्धिको आधार हुने बताउनुभयो । उहाँले सामुदायिक क्याम्पसहरुको विकासका लागि आफुले आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्याम्पसका संस्थापक प्राचार्य डाक्टर चुडामणी शर्मा, चन्दादाता सरीता भण्डारी सरु शिवालय मावि व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरी, विद्यार्थीहरु सुर्य सुवेदी र अस्मिता भुसाल लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा क्याम्पसका प्रमुख कमलनाथ शर्माले समग्र गतिविधिका बारेमा बोल्नुभएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक लेखनाथ उपाध्यायले गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट बिद्यार्थी र अभिभावकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!