पर्वतको बिहादीमा सुख्खा पहिरो, कुश्मा रानीपानी सडक अबरुद्ध - News site from Nepal

पर्वत /पर्वतको बिहादी गाउँपालिकामा कालीगण्डकी लोकमार्गमा सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको छ ।
पर्वतको बिहादी गाउँपालिका वडा नं २ मा पर्ने खबराको भिरमा बुधबार बिहान सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको हो ।
सुख्खा पहिरो गएका कारण पर्वतको कुस्मा हुँदै बिहादी जाने र सेतीबेणी हुँदै कुस्मा तर्फ जाने सवारी साधनहरु बुधबार बिहानै देखि रोकिएका छन । सवारी साधन सञ्चालनका लागि होलीको दिन भएका कारण पहिरो पन्छाउन सकिएको छैन । पहिरो नहटाए सम्म यातयात बन्द हुने भएका छन । सडक अबरुद्ध हुँदा कुस्माबाट बिहादी तर्फ कार्यक्रमका लागि जाँदै गर्नुभएका जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा सहितको टोली समेत फिर्ता भएको छ ।

सडकमा गएको पहिरो हटाएर यातयात सुचारु गराउनका लागि कालीगण्डकी करिडोर लोकमार्ग आयोजनालाई निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । भीरमा जभाभावी रुपमा ढुंगा, गिट्टी झिक्ने क्रममा भीरमा ओढार पार्दै गएपछि पहिरो गएको कालीगण्डकी करिडोर लोकमार्ग आयोजना गैडाकोट – मालढुंगा खण्डका इन्जिनियर अर्जुन नेपालीले जानकारी दिए । स्थानियबासीले सडकमा जभाभावी रुपमा भीर खनेर ढुंगा गिट्टी र बालुवा निकाल्ने काम भैरहेका कारण अझै पनि जुन सुकैबेला पनि अझै ठुलो पहिरो जान सक्ने जोखिम देखिएको नेपालीले बताए । करिडोरको स्तरउन्नतीको काममा खटिएका मज्दुर र उपकरण चालकहरु होली मनाउन बिहानै देखि लागेका कारण बिहीबार बिहान देखि सडक सुचारु हुने संभावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!