आयो सनसनीपुर्ण खबर, ओली नेतृत्वको वर्तमान सरकार फेरिन सक्ने प्रचण्डको संकेत - News site from Nepal

अध्यक्ष प्रचण्डले जनताबाट प्राप्त जनादेशअनुसार ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने अभिव्यक्ति दिएर ओली नेतृत्वको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका हुन् ।

सोमबार जनकपुर पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने बताएका हुन् ।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले अर्को चुनावसम्मका लागि आफू नै प्रधानमन्त्री रहने दृढता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले अर्को चुनावपछि आफूलाई पनि पदमा बसिरहन रहर नभएको भन्दै त्यतिबेलासम्म धेर्य गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!