पर्वतको विहादीका विभिन्न वनमा भिषण आगलागि, सतर्क रहन आग्रह - News site from Nepal

पर्वत–दक्षिण पर्वतको बिहादी गाउँपालिका वार्ड न ४ को ल्होसे सामुदायिक बन र सालघारी सामुदायिक बन मा आगालगि भएको छ । बिहीवार विहानदेखि लागेको आगो अझै नियनत्रणमा आउन सकिरहेको छैन । बनमा लागेको आगोले सयौ हेक्टर क्षेत्रफल नष्ट गरिसकेको स्थानीय ऋषिराम भुसालले जानकारी दिनुभयो ।
आगलागी अझै नियन्त्रण बाहिररहेको उहाँले बताउभुयो । आगो अहिले स्थानीय सालघारी माथी को भिरमा लागिरहेको छ । बिहादी ४ वहाकीको लिङ्सिङ, तलातुम र बिहादि ५ उरामपोखरा लुगरिङ र भतेरपाटाका नागरिकहरु आगोको जोखिममा रहेको र उनिहरुलाई सतर्क रहन आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । बस्तीभन्दा निकै माथिको पहाडमा आगो लागेकोले नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन् । आगो कसले लाग्यो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!