निजामती कर्मचारीको दोहोरो सुविधा कटौती - News site from Nepal
निजामती कर्मचारीको दोहोरो सुविधा कटौती

काठमाडौं : सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने कानुनी व्यवस्था गरिने भएको छ।  सरकारी कोषबाट तलब पाउने गरी पुनः लाभको पदमा नियुक्ति भए त्यस्ता कर्मचारीको पेन्सन सुविधा कटौती हुनेछ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामती कर्मचारी सेवाको गठन र सञ्चालनसम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरुले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाइने प्रावधानमा सहमति गरेको समाचार कान्तिपुर दैनिकमा छ।
मन्त्रिपरिषदले पनि सेवा निवृत्त कर्मचारीलार्य दोहोरो सुविधा नदिने निर्णय गरेको छ। तर, यो निर्णय पूर्णरुपमा पालना भएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!