पर्वत नेकपाको दोस्रो पुर्ण वैठक, ६१ वटै वडामा इन्चार्जको टुंगो, सचिवालयमा तीन जना थपिए - News site from Nepal

पर्वत- पार्टी एकीकरण पछि नेकपा पर्वतको दोस्रो पुर्ण वैठक शनिवार कुश्मामा सम्पन्न भएको छ । वैठकले जिल्लाका ६१ वटै वडाका वडा इन्चार्ज टुंगो लगाएको छ । दुई नगरपालिका र पाँच गाउँपालिकाका सवै वडा इन्चार्जहरुको टुंगो लगाएको हो । त्यसैगरी कुश्मा नगर कमिटिको सचिबमा मिनप्रसाद श्रेष्ठलाई मनोनित गरिएको छ । यस अघिका अध्यक्ष ढाकाराम सुवेदीको ब्रेन ट्यूमरका कारण गत महिना मृत्यु भएपछि उक्त पद खाली रहेको थियो । वैठकले सुवेदीको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त समेत गरेको छ ।

त्यसैगरी वैठकले वडा अध्यक्ष चयन हुन नसकेका ११ वटा वडामा अध्यक्ष समेत चयन गरेको छ । भने ४२ सदस्यीय सचिबालयको टुंगो लगाएको नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सचिबालयमा १ सदस्य मनोनित गर्न बाँकी रहेको छ । श्रोतका अनुसार मोदी गाउँपालिकाका प्रवक्ता तथा युवा संघका केन्द्रीय सदस्य विमल लामिछाने, इश्वर गिरी र शिवलाल सार्कीलाई सचिवालयमा मनोनित गरिएको छ ।
सो अवसरमा स्थानीय तहका संयोजकहरुले रिपोर्टिङ समेत गरेका थिए ।

बैठकमा बोल्दै नेकपा प्रदेश कमिटि सचिब गोविन्द नेपालीले सरकार यतिवेला राष्ट्रियताको रक्षाका लागि सक्रिय रुपमा लागेको बताउँदै तीनै तहका सरकारलाई सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले अहिलेको सरकारले मुलुकमा राम्रो काम गर्न सकेर जनताको मत जीत्न सकेमा लामो समय अरु दलको पालो नआउने बताउँदै सरकारलाई सफल बनाउन नकारात्मक कुराहरुालाई चिर्दै जानुपर्ने बताउनुभयो । उहाँले हरेक तहका कमिटिहरुलाई क्रियाशिल र सक्रिय बनाउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रमा नेकपाका केन्द्रीय सदस्य तथा पर्वतका ईन्चार्ज गुप्तबहादुर हमालले पार्टीको सवै तहले पुर्णता पाईसकेको बताउँदै अब काम गरेर देखाउन आग्रह गर्नुभयो । उहाँले सरकारका सकारात्मक कामको तल्लो तहसम्म प्रचार गर्न पनि आग्रह गर्नुभयो । सो अवसरमा नेकपा जिल्ला अध्यक्ष पदम गिरी, गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश कमिटि सदस्यहरु लगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!