पर्वत काँग्रेस निरन्तर जागरणमा, कटुवाचौपारीमा कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान सम्पन्न भएको छ ।
कार्यक्रमा बोल्दै महिला नेत्री तथा कुश्मा नगरपालिकाकी उपमेयर सिताकाफ्ले लामिछाने काँग्रेस आफ्नै आन्तरीक समस्याका कारण पछि परेको बताउँदै अव स्थानीयस्तरवाट नै काँग्रेसलाई एक ढिक्का बनाएर लैजानु पर्ने बताउनुभएको थियो । उहाँले काँग्रेस जनताको पार्टी भएको बताउँदै जनताको हरेक दुःख सुखमा साथ दिने बताउनु भयो ।
कार्यक्रममा निजामती कर्मचारी युनियन संघका केन्द्रिय उपाध्याक्ष एवम् गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी शिव शर्मा अधिकारीले काँग्रेसको जागरण अभियानले कार्यकर्ता सँग प्रत्यक्ष सात्कार गर्ने अवसर मिलेको बताउनु भयो । उहाँले पार्टीले क्रियाशिल सदस्यहरुको मर्म र भावना बुझेर लाग्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला सदस्य डाक्टर चुडामणी शर्मा र पूर्व महाधिवेशन प्रतिनिधी रेखा गुरुङले काँग्रेसलाई एकढिक्का बनाउन सवैले एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेस कटुवाचौपारीका सभापति पितम्वर अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कटुवाचौपारीका वडा अध्यक्ष कृष्ण लामिछाने, युवा नेता राजिव लामिछाने, क्रियाशिल सदस्य केशवदास वैरागी, गोपालदास गैरागी, नेपाली काँग्रेस कटुवाचौपारीका सह सभापति दिवाखर लामिछाने, डण्डापाणि शर्मा ज्याती लामिछाने मधुसुदन अधिकारी, टिकाराम अधिकारी लगायतले सुझाव सहित मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको संचालन कटुवाचौपारीका पार्टी सचिव जर्नादन लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!