ग्राण्डीमा प्रधानमन्त्रीको तेस्रोपटक हेमोडायलाइसिस - News site from Nepal
ग्राण्डीमा प्रधानमन्त्रीको तेस्रोपटक हेमोडायलाइसिस
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शनिबार तेस्रोपटक हेमोडायलासिस गरिएको छ।
यसअघि २ पटकसम्म मिर्गौलाको हेमोडायलाइसिस गराएका ओलीले शनिबार पुनः ग्रान्डी अस्पतालमा हेमोडायलासिस गराएका हुन्। प्रधानमन्त्री ओलीको गत कात्तिक १२ र १३ मा क्रमश पहिलो र दोस्रो पटक हेमोडायालसिस गरिएको थियो। सो क्रममा राखिएको स्टेन्ट पनि निकालिएको अस्पतालले जनाएको छ।
साथै अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गरिएको छ। नीजि चिकित्सक दिव्या सिंह शाह, ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे तथा अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्राडा. प्रेमराज ज्ञवालीले जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो भएको बताइएको छ।
१२ वर्षअघि भारतको नयाँ दिल्लीमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनले स्वास्थ्यमा समस्या देखिएपछि भदौमा सिंगापुरमा पुनः उपचार गरेका थिए। सिंगापुरमा उनले प्लाज्मा फेरोसिस्को उपचार गराएका थिए। त्यसपछि ओलीको नियमित डायलसिस गर्नुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। चिकित्सक टोलीले प्रधानमन्त्रीको नियमित डायलासिस गर्ने कि पुनः प्रत्यारोपण गर्ने भन्ने विषयमा पनि विशेषज्ञहरूसँग छलफल र सल्लाह गरेको बुझिएको छ।
उपचारपश्चात् प्रधानमन्त्री निवास फर्कने जनाइए पनि अस्पतालले जारी गरेको विज्ञप्तिमा उनी शनिबार नै निवास फर्केकी फर्केनन् भन्नेबारे उल्लेख गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!