सरकारलाई अनसनको टन्टो हट्दै, डाक्टर गोविन्द केसीले आजदेखि अवकाश पाउँदै - News site from Nepal

काठमाडौं :  चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएका छन्।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी कार्यरत थिए। ६३ वर्षीया डा केसीले सोमबारदेखि अवकाश पाउने अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्का जानकारी दिएको खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ। यस अघि डा केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक(फरक जन्ममिति भेटिएपछि विवादमा परेका थिए। डा केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ रहेको छ।
सोही आधारमा नै अस्पतालले सोमबारदेखि अवकाश पाउने छन्। डा केसीले  चिकित्सा शिक्षामा सुधारको माग राखेर आन्दोलन गर्न थालेको सात वर्ष भएको छ। चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए। पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए।
अवकाश पाएपछि पनि डा केसीले  चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई जारी राख्ने संकेत दिएका छन्। डा केसी निकट स्रोतका अनुसार अवकाश पाएको दिन अर्थात् सोमबार बिहान शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्दैछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!