
तनहुँ /‘पहाडकी रानी’ तनहुँको बन्दीपुर पुग्न निर्माण भैरहेको बन्दीपुर केबलकारले समुदायमैत्री पर्यटकीय पुर्वाधार बनाउने भएको छ ।
बन्दीपुर केबलकार प्रा.लि.ले निर्माण गरिरहेको केवलकारको २० प्रतिशत भन्दा बढी निर्माण कार्य पुरा भएको छ ।
समुदाय संग लगानीमा समेत साझेदारी गर्दै निर्माण भैरहेको केवलकारको तल्लो र माथिल्लो स्टेशन सम्मको पहुँच मार्ग बनि सकेको छ भने जमिन सम्माउने काम समेत सकिएको छ । माटो परिक्षणको काम भैरहेको त्यसको रिर्पोट आएपछि केवलकारका टावर निर्माणको काम थालिने प्रमुख कार्यकारी अधिकृत किरण पोखरेलले जानकारी दिनुभयो । । केबलकार निर्माणको कामलाई २०७६ चैत्र सम्म सम्पन्न गरि सञ्चालनमा ल्याउने र बाँकी पुर्वाधार साढे २ वर्षमा सम्पन्न गरि बन्दिपुरको पर्यटनमा कायपलट गरिदिने कम्पनीले विश्वास लिएको उहाँको भनाई छ । ‘हामीले निर्माणको काम तीब्र रुपमा अघि बढाएका छा’ै, उहाँले भन्नुभयो ‘समुदाय मैत्री पर्यटकीय पुर्वाधार सहितको केवलकार निर्माणबाट यस क्षेत्रको पर्यटकीय बिकासमा ठुलो योगदान पुग्ने बिश्वास छ ।’ फ्रेब्रिकेसनका सामाग्रीको उत्पादनको काम समेत भैरहेको पोखरेलले जानकारी दिनुभयो ।
केवलकारले शुरुमा ५६ करोड रुपैँयाको लागतमा सम्पन्न गर्ने योजना बनाएपनिे केबलकार प्रविधिलाई आधुनिक मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सेफ्टी ईक्युपमेन्टहरुरु समेत जडान गर्ने योजना थपेको छ । बन्दिपुरमा पर्यटकलाई आकर्षित गर्न ९ तले सुविधा सम्पन्न आधुनिक कम्पलेक्स बनाउने अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिनुभयो । कम्पलेक्स भित्र रुफ टप मा आधुनिक भ्यु टावर, नवौँ तलामा बेन्क्युट हल, चौथो देखि आठौ तलामा ८० कोठा रहने सुविधा सम्पन्न स्तरीय होटलको निर्माण गर्ने भएको छ । तेस्रो तलामा रेष्ट्रो जोन, दास्रो तलामा सपिङ्ग मल र पहिलोमा केबलकारको ड्राईभ स्टेशन,टिकट काउन्टर राखिने भएको छ ।
झण्डै ५ रोपनी क्षेत्रफलमा निर्माण हुने बहुउद्देश्यीय भवनका लागि कम्पनीले ४५ करोड बढी बजेट गर्ने योजना बनाएको कम्पनीका फाइनान्स डाइरेक्टर शिब शर्माले जानकारी दिनुभयो । बन्दिपुरको पर्यटनलाई प्रर्बद्धन गर्न बन्न लागेको कृत्रिम तालमा रात्रीकालीन लाईटीङ्ग, वाटर म्युजिकल सांस्कृतिक शो देखाउने उपकरण जोड्न अध्ययन भैरहेको छ । थप पर्यटकीय पुर्वाधार बनाउन पनि गाँउपालिकासँग छलफल भैरहेको केवलकारले जानकारी दिएको छ । कम्पनीले साहसिक पर्यटनको मज्जा दिन बन्दिपुर देखी छिम्केश्वरी फेदी सम्म माउन्टेन जंगल सफारीको सेवा शुरु गर्ने भएको छ। ।
परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चीत होस् भन्नको लागि निजि,सामुदायिक,सहकारी ,सरकारी र संस्थागत सझेदारी एवंम व्यवस्थापनको मोडेलमा पुजीँ निर्माण गरि सम्पन्न बन्दीपुर केवलकारको साझेदार पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडका अध्यक्षका रामचन्द्र शर्माले जानकारी दिनुभयो । बन्दीपुर केवलकार प्रालिलाई पनि लिमिटेड कम्पनीको रुपमा रुपान्तरण गर्ने निर्णय भैसकेको छ । परियोजनामा कम्पनीले १ अर्ब २८ करोड रुपैँया लगानी गर्ने योजना बनाएको साना लगानीकर्तालाई समेत पर्यटन सहकारी बनाएर यस मार्फत् शेयर दिने उहाँको भनाई छ । परियोजनामा साझेदारी गर्नको लागि सम्पुर्ण तनहुँबासीलाई समेत कम्पनीले अनुरोध गरेको छ । केबलकारको साझेदारी कम्पनीहरुमा आर.के.डी.रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड ,पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड,टुरिजम इन्भेष्टमेन्ट फन्ड,बन्दिपुर गाँउपालिका र स्थानिय समुदायहरु रहेका छन् ।