
पर्वत– पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माध्यमिक विद्यालयमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा गठित जनता सुदर्शन भूतपूर्व बिद्यार्थीको समाजको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो । जिल्लाका बिभिन्न २० ओटा बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा कुश्मा कालीगण्डकी एकेडेमी र आदर्श अंग्रेजी आवासिय मा.वि. प्रथम भएका छन् ।
दुवै बिद्यालयले बराबर १३५ अंक प्राप्त गरेपछि दुवै विद्यालयलाई प्रथम भएको घोषणा गरिएको हो । यस्तै, कुश्माको नारायण मा.वि. ११० अंकको साथमा तृतिय भएको छ भने ९० अंकको साथमा पिलटारीको पूर्णेश्वर मा.वि. सान्त्वना बनेको छ । प्रथम बनेका दुवै बिद्यालयलाई प्रथम र द्धितियका लागि तोकिएको पुरस्कार बराबरीमा बाँडेर प्रति विद्यालयलाई साढे ७ हजार रुपैयाँ पैदान गरिएको छ । यस्तै, तृतिय र सान्त्वनालाई ५ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको छ ।
बिजेता समूहलाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको समाजका अध्यक्ष मिलन पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा बाल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काप्mले लामिछानेले बिद्यालय स्तरमा आयोजना गरिने बिभिन्न प्रतियोगिताहरुले बिदार्थीहरुमा प्रतिस्पर्धी भावनका विकास भई उनीहरुले अध्ययनमा पनि प्रगति गर्न सक्ने बताउनुभयो । भूतपूर्व बिद्यार्थीहरु सक्रिय भएर कार्यक्रमको आयोजना गर्नु सह्रानीय कुरा भएको भन्दै उहाँले आयोजकलाई धन्यवाद पनि ब्यक्त गर्नुभयो । प्रतियोगिता समाजका अध्यक्ष मिलन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबीच, सोही कार्यक्रममा समाजका सदस्य झलक रिमालले बिद्यालयमा भित्तेघडी र प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुका लागि निशुल्क रुपमा पोशाक वितरण गर्नुभएको छ । रिमालले प्रत्येक कक्षाकोठामा पुग्ने गरी १÷१ ओटा घडीहरु प्रदान गर्नुभएको हो । यस्तै, बिद्यार्थीको पढाईमा उत्प्रेरणा जगाउन भन्दै उहाँले प्रा.वि. तहमा अध्ययनरत सबै बिद्यार्थीहरुको लागि पोशाक उपलब्ध गराउनुभएको हो ।