पर्वत– नेपाली काँग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरण अभियान अन्र्तगत आज दोस्रो दिन पर्वतको जलजला गाउँपालिकााको मल्लाजमा सम्पन्न भएको छ ।
कार्यकर्ताको बाक्लो उपस्थितीका बिच सम्पन्न भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ । पार्टीको अन्तरविरोध हटाई वहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग पुग्ने उहाँको धारणा थियो । अघिल्ला दिनमा प्रतिपक्षको भूमिका कमजोर भएकाले जागरण अभियानबाट काङ्ग्रेस खारिएर जाने धारण व्यक्त गर्दै उहाँले जनतालाई काङ्ग्रेसको अभाव खड्किएकाले आगामी निर्वाचनमा देश काङ्ग्रेसमय बन्ने आशा व्यक्त गर्नुभयो ।
हचुवाका भरमा विकास निर्माणका कार्य भइरहेको र महँगी, भष्टाचार, बलात्कारजस्ता कार्यलाई सरकारले प्राथमिकता दिएको चर्चा गर्दै नेता जोशीले भन्नुभयो सरकार प्रभाव र दबाबबाट मुक्त हुन नसकेको आरोप लगाउनु भयो ।
केन्द्रिय प्रतिनिधी एवम् पूर्व राज्य मन्त्री चम्पादेवी खड्काले नेपाली कांग्रेस एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिदैँ पार्टी एकतावद्ध भए मात्रै आगामी दिनमा आइपर्ने चुनौतीहरुको सामना गर्न सकिने बताउनु भयो । स्थानिय निकाय र राष्ट्रियस्तरमा सरकारले गरेका गलत कामहरुलाई चुनौती दिदै गलत प्रवृतिका विरुद्ध लड्न पनि नेपाली कांग्रेस मजबुत हुनुपर्ने र पार्टी मजबुत हुनका लागी पार्टी भित्र भावनात्मक एकता हुनुपर्नेमा नेता खड्काको भनाई छ ।
कार्यक्रममा जलजला गाउँपालिकाका कार्यवाहक अध्यक्ष भिष्म मल्ल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् प्रदेश सभा ‘ख’ का उम्मेदवार एवं महाधिबेशन प्रतिनिधी राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेस पर्वतका युवा नेता राजु आचार्य लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेसका क्षेत्रिय सचिव कृणाप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमममा स्वागत मन्तव्य नेपाली काँग्रेस जलजला गाउँपालिकाका संयोजक चन्द्रवहादुर जिसी, धन्यवाद मन्तव्य नेपाली काँग्रेसका युवा नेता विप्लव हमाल र कार्यक्रमको संचालन अर्का सचिव कमल अधिकारीले गर्नुभएको थियो ।






