पर्वत /पर्वतको कुस्मा नगरपालिका १४ आर्थर बड्गाउँ निवासी राज्कुमारी गुरुङले ८४ पुजाको अवसरमा बिद्यालयलाई नगद सहयोग गरेकी छिन् ।
गुरुङ्गले कुस्मा नगरपालिका वडा नं १४ स्थित पञ्चकोशी माबिमा एक लाख १ हजार नगद सहयोग गरेकी हुन ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मा र प्रधानाध्यापक प्रकाश सापकोटालाई समाजसेवी गुरुङ्गले नगद हस्तान्तरण गरेकी हुन । बिद्यालयको शैक्षिक र भौतिक बिकासका लागि सहयोग पुगोस भनेर आर्थिक सहयोग गरिएको छोरा कमल गुरुङले बताए । पञ्चकोशी आर्थर डाडाँखर्क समाज युकेका पुर्ब अध्यक्ष समेत रहेका गुरुङ्गको नेतृत्वमा पञ्चकोशी माबिमा यस अघि ११ लाख भन्दा बढीको लागतमा तारबार, पर्खाल र गेट निर्माण गरिएको थियो । गुरुङ्गले पञ्चकोशी माबि लगायतका शैक्षिक र स्थानिय सामाजिक कार्यहरुमा निरन्तर सहयोग गर्दै आएका छन् ।
पञ्चकोशी माबिलाई स्वदेश र बिदेशमा रहेका आर्थर डाडाँखर्कबासीहरुले निरन्तर रुपमा चौरासीपुजा, अघौ, बिबाह लगायतका उत्सब तथा धार्मिक कार्यहरुमा सहयोग गर्दै आएका कारण बिद्यालय शैक्षिक र भौतिक बिकासका लागि धेरै काम गर्न सकेको प्रधानाध्यापक प्रकाश सापकोटाले बताए । पञ्चकोशी माबिको शैक्षिक, भौतिक बिकासका लागि गाउँबासीको सहयोगको सधै अपेक्षा रहने उनको भनाई छ ।
चौरासी पुजालाई बौद्ध धर्मालम्बीहरुले आयुपुजा भन्ने गर्दछन । समाजसेवी राजकुमारी गुरुङ्गको आयुपुजाका अवसरमा बौद्ध धर्मको सबैभन्दा पबित्र ग्रन्ध त्रिपीटक पाठ(कङक्युर) समेत सम्पन्न भएको छ । आयु पुजाकै अवसरमा गुरुङ्ग परिवारले पोखरा रामघाट स्थित बौद्ध अर्घौ सदनलाई १ लाख ५१ हजार, लामिछाने भाईखलकलाई १ लाख २१ हजार र पञ्चकोशी आर्थर डाडाँखर्क समाज पोखरालाई १ लाख १० हजार नगद सहयोग गरेको छ ।






