पर्वत–गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सांसद विकास कोषमा आउने रकम खर्च गर्नको लागि अन्तरक्रिया अभियान संचालन गर्नुभएको छ ।
साँसदले आपूmले चुनाव जितेर आएको ठाउँको आवश्यकताका आधारमा खर्च गर्नको लागि गण्डकी प्रदेश सरकारलाई प्रति सांसद २ करोड रुपैयाँ उपलब्ध गराएपछि मन्त्री लम्सालले अन्तरक्रियाका माध्यमबाट योजनाको छनोट गर्ने अभियान थाल्नुभएको हो । पर्वतको प्रदेश सभा ख बाट निर्वाचित हुनुभएका मन्त्री लम्सालले आप्mनो क्षेत्रमा रहेका ३० ओटै वडाहरुमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर ती कार्यक्रमहरुमा संकलन भएका सुझावका आधारमा विकासको योजना तयार पारेर सांसद विकास कोषको रकम बिनियोजन गर्ने बताउनुभयो । अभियान अन्तर्गतको पहिलो कार्यक्रम आज फलेवास नगरपालिका ३ शंकरपोखरीको वडा कार्याललयमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मन्त्री लम्सालले शंकरपोखरी कृषि र पर्यटनका हिसावले प्रचुर सम्भावना बोकेको क्षेत्र रहेको भन्दै गाउँलेहरुले विकासको अनुभूति हुने गरी योजना तयार पारेर आपूm समक्ष पेश गरेमा त्यस्ता योजनाको लागि कोषबाट मिल्ने र सक्ने जति बजेट छुट्याउने बताउनुभयो ।
तर विकासको अनुभूति हुनका लागि कम लगानीमा धेरै प्रतिफल निस्कने खालका योजनाहरुको छनोट गर्नुपर्ने उहाँको सुझाव छ । पुर्कोटको डाँडा र लिमीकोटमा पर्यटक र जेष्ठ नागरिकलाई केन्द्रमा राखेर आधुनिक पार्क निर्माण गर्न सकिने बताउँदै मन्त्री लम्सालले त्यस बीचको पदमार्गमा बर पिपलका बिरुवा रोपेर पर्यटकहरुलाई आकर्षित गर्न सकिने सुझाव राख्नुभयो । यस्तै, सधैँ पानीको अभाव रहने गरेको शंकरपोखरीमा आकाशको पानी संकलन गरेर सफल रुपमा तरकारी खेती गर्न सकिने भनाई राख्दै उहाँले त्यसले कृषकहरुको आर्थिक अवस्थालाई बलियो बनाउने भनाई राख्नुभयो । देश निर्माणको मेरुदण्ड शिक्षा क्षेत्र भएको सन्दर्भ कोट्याउँदै मन्त्री लम्सालले शंकरपोखरीका तीन ओटा माध्यमिक विद्यालयहरुलाई मर्ज गरेर एउटै आवासिय विद्यालय बनाउन सकेमा त्यो विद्यालय प्रदेशकै नमूना विद्यालयको रुपमा विकास गर्न सकिने दावी गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी भएका स्थानीय नागरिकले हेमस्टेको विकासका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग, सडक, बाजागाजाको संरक्षण, असिनाले बालीमा पु¥याएको क्षतीको क्षतीपूर्ति, खानेपानीको समस्या, बाँदरका कारण खेतबारी बाँझै छोड्नुपरेको अवस्था, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिनको लागि भइरहेको अप्ठ्यारो, प्राबिधिक विद्यालयको आवश्यकता, औधोगिकरण लगायतका बिषयमा मन्त्री लम्सलालाई जानकारी गराउँदै माग प्रस्तुत गरेका थिए
। कार्यक्रममा आप्mना भनाइ राख्दै फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले फलेवास नगरपालिकाले नागरिकको पक्षमा निर्णय गर्दै आएको बताउँदै असिनाले बालीमा पारेको क्षतीको बिषयमा नगरपालिका छलफल भइरहेको जानकारी गराउनुभयो । बाँदरको समस्याका कारण खेतबारी बाँझो रहने क्रम बढेकोप्रति चिन्ता ब्यक्त गर्दै उहाँले स्थानीय नागरिकले पनि बाँदरको समस्या समाधानको लागि योजना बनाउन आवश्यक रहेको भन्दै नगरकार्यपालिकाको बैठकमा आपूmले यो बिषयमा कुरा उठाउने बताउनुभयो ।
यस्तै, शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले पर्वत जिल्लाको विकासको लागि अहिलेको जस्तो सुनौलो मौका नभएको बताउँदै अब राजनीतिक लडाईँको अन्त्य गरेर सबै दलहरु विकासको मुद्धामा केन्द्रित हुन आवश्यक रहेको औँल्याउनुभयो । गत वैशाख र जेठ महिनामा हावाहुरी सहित आएको असिनापानीले धेरै किसानको बालीनाली सखाप परेकोप्रति मन्त्री लम्सालको ध्यानाकर्षण गराउँदै उहाँले प्रदेश सरकारले पनि शंकरपोखरीका असिना पिडित कृषकहरुलाई राहात उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा मन्त्री लम्सालका स्वकिय सचिव किशोर सापकोटा र मन्त्रालयका सूचना अधिकारी शिव परियारको पनि सहभागिता रहेको थियो । वडाध्यक्ष अर्जुनबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य वडा सदस्य निर्मला कुमारी शर्मा र संचालन सामाजिक परिचालन कृष्ण बि.क. ले गर्नुभएको थियो ।
सो अवसरमा लोक दोहोरी कलाकार सूदीप क्षेत्रीले आप्mना सांगितिक प्रस्तुतीहरु समेत राख्नुभएको थियो ।






