संसदले निकाल्यो महरा पक्राउ परेको सूचना, अब सांसदको हैसियत पनि खोसिने - News site from Nepal

काठमाडौँ – संघीय संसद सचिवालयले निवर्तमान सभामुख एवं सांसद कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योगमा पक्राउ परेको सूचना निकालेको छ।

बिहीबार दसैँपछि कार्यालय खुलेको पहिलो दिनमै सचिवालयले महरालाई करणी उद्योगमा पक्राउ गरिएको जानकारी महानगरीय प्रहरी वृत्त बानेश्वरबाट प्राप्त भएको जनाएको हो।

संसद सचिवालयमा महरा पक्राउ परेको जानकारी प्राप्त गरेको सूचना जारी गरेसँगै महराले प्रतिनिधिसभा नियमावली २४४ को उपदफा ३ अनुसार सांसदको रुपमा कुनै काम गर्न नपाउने र सेवा सुविधा समेत रोकिने भएको छ।

संसद नियमावलीअुनसार फौजदारी अभियोगमा कुनै सांसद पक्राउ परेमा उसले अभियोगबाट अदालतबाट निर्दोष ठहर नहुन्जेल वा सजाय नभोगिन्जेल पदीय हैसियतले काम गर्न पाउँदैन। महराले सभामुख पदबाट भने असोज १४ गते नै राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!