पर्वत– एउटा जनप्रतिनिधि जनताको काम गर्ने मान्छे हो । जनताका समस्या, आवश्यकतालाई ध्यान दिएर जनतालाई सुबिधा दिने हो । उपलब्ध स्रोत साधनलाई परिचालन गर्ने, संभावनालाई अबसर ठानेर, चुनौतीलाई चिर्दै बिकास गर्ने काम जनप्रतिनिधिको हो ।
जनताको भोटबाट निर्बाचीत भएर एउटा साधरण मान्छेबाट उ जनप्रतिनिधि सांसद, मन्त्री वा अन्य कुनै पदमा पुग्छ । जुन ठाउँ जुन पदमा भएपनि जनताकै काम गर्ने मान्छे नै हो ।
जनप्रतिनिधिले आफ्नो अधिकार अनुसार बिकासका लागि आफ्नो निर्वाचन क्षेत्रमा बजेट खर्चिन्छ ।
जनप्रतिनिधि जुन पदको भएपनि जहाँ जताबाट भनेपनी जनताको काम गर्ने मान्छे हो । मलाई अचम्म लागेको कुरा के भने, वाडा अध्यक्षको प्रसंसनिय काम पानीको धारा उद्घाटन गर्नुभयो, नगरप्रमुखले बिजुलीको पोल बांड्नु भयो, सांसदको उदाहरणीय काम फलानो ठाउँमा मोटरबाटोलाई पैसा दिनुभयो । यस्तैयस्तै अनेक कुरा सुनिन्छ ।जनप्रतिनिधि आफै पनि भन्छन् मैले यस्तो उस्तो गर्दिएँ ।
उनिहरुको काम नै त्यही हो त ! अनि कसरी प्रसंसनिय, उदाहरणीय काम भयो हँ ! जनताको काम गर्ने मान्छे मान्छेले जनताको काम गर्नु के ठूलो कुरा भयो, अचम्मित हनुपर्ने के भयो ? काम गर्ने ले मेरो काम हो भन्ने गतिलो गरि बुझ्नुर्पयो, काम लिनेल एउटा जनप्रतिनिधिको काम नै यही हो भनेर बुझे पुग्छ ।
चुनाव जितेर गीत गाउन, नाच्न, खेल खेल्न गएको जस्तो के ! पैसा खर्च आफ्नो खल्तीको हैन, आफ्नो सम्पत्ति हैन, अनि जनप्रतिनिधिले जनताको काम गर्दा के उदाहरणीय काम हुने रछ ।
लाग्छ यो घमण्ड हेर्दा मृत्यु भएको मानिसलाई घाटमा पु¥याएपछि जनप्रतिनिधिले छुँदैमा जुरुक्क उठेजस्तो । नागरिकलाई पनि उदेक लागेर आउन थालेको देखिन्छ ।
https://www.facebook.com/rasaily.vai.3