पहिरोले बागलुङमा तीन जनाको मृत्यु ५ घर पुरिए - News site from Nepal
पहिरोले बागलुङमा तीन जनाको मृत्यु ५ घर पुरिए

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले पाँच घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

राति करिब १ बजे आएको पहिरोमा परी स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । उनीहरुको शव निकालिएको छ ।

पहिरो डेढ सय मिटर माथिबाट खसेको थियो । पहिरोमा परि ६ जना घाइते छन् ।

पहिरोमा परी घाइते भएका छ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन् । घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!