पर्वत काँग्रेसले पार्टी सचिब श्रेष्ठको सम्झनामा शोक सभा गर्ने, सवैलाई उपस्थित हुन आव्हान - News site from Nepal

पर्वत– नेपाली काँग्रेस पर्वतले पार्टि सचिव यक्तप्रसाद श्रेष्ठको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ भने शोकसभा गर्ने निर्णय गरेको छ ।
आज जिल्ला कार्यसमितिको बैठक बसेर शोक प्रस्ताव पारित गरेको छ । पार्टिको बैठकले आउँदो साउन २४ गते पार्टि कार्यालय कुश्मामा शोकसभाको आयोजना गरेको छ । जिल्ला सभापति खिमप्रसाद भुसालको सभापतित्वमा बसेको वैठकले शोकसभामा सहभागि हुन जिल्ला कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधी, क्षेत्रीय प्रतिनिधी, गाउँ, नगर एवं वडाका सबै प्रतिनिधीहरु, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधीहरुलाई कार्यक्रममा सहभागि हुनका लागि अनुरोध गरेको छ ।
साथै श्रेष्ठको मृत्यु शंकास्पद रहेकाले मृत्युको यथार्थ छानविनको माग गरिएको छ । विभिन्न सञ्चारमाध्यमले जवरजस्ती हत्या आशंकित घटनाले आत्माहत्या करार गर्न खोजेको भन्दै जिल्ला कार्यसमितिले खण्डन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!