पर्वत काँग्रेसले यसरी सम्झियो गिरीजाप्रसाद कोईरालालाई - News site from Nepal
पर्वत काँग्रेसले यसरी सम्झियो गिरीजाप्रसाद कोईरालालाई

पर्वत– स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसरमा नेपाली काँग्रेस पर्वतले एक कार्यक्रमको आयोजना गरि स्वर्गिय गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको चर्चा गरेको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनका कमाण्डर समेत रहेका कोइरालाले अवलम्बन गरेको बाटोमा काँग्रेस अविचलित भएर हिँड्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका पूर्व सभापति तथा प्रतिनिधिसभा सदस्य लालकाजी गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका काँग्रेसका अविस्मरणीय भएको उल्लेख गर्दै उहाँको त्याग, निष्ठा र बलिदानलाई नेपाली काँग्रेसले सँधै उच्च सम्मान गर्ने वताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्रीले कोइराला निर्भिक र निडर नेता भएको स्मरण गर्दै देशलाई आजपनि कोइरालाजस्तै साहसी नेताको आवस्यकता रहेको वताउनु् भयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले नेपाली काँग्रेसका नेताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदान निकै गौरवपूर्ण रहेको भएपनि अहिले काँग्रेस–काँग्रेसवीचको वेमेल र गुटबन्दीले पार्टी निकै कमजोर अवस्थामा पुगेको वताउँदै यो अवस्थामा काँग्रेसलाई जोडेर एकढिक्का बनाउनुपर्ने आजको आवस्यकता भएको धारणा राख्नुभएको थियो ।
पार्टी उपसभापति दुर्गाबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता लोकनाथ आचार्य, जलजला गाउँपालिकाका उपाध्यक्ष सीमा गर्वुजा पुन, जिल्ला कार्य समितिका सदस्यहरु कुलप्रसाद उपाध्याय र सरस्वती शर्मा जिज्ञाशु लगायतले बोल्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) र कार्यक्रमको संचालन जिल्ला सदस्य डा. चूडामणि शर्माले गर्नुभएको थियो । कोइरालाको निधन २०६६ साल चैत्र ७ गते भएको थियो ।
२०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहेका कोइराला बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि चारपटक नेपालको प्रधानमन्त्री बनेका थिए ।
त्यस्तै गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीको अवसर पारेर जी.पी. फाउन्डेसन पर्वत शाखाको कार्यलयको शुभारम्भ गरिएको छ ।
कार्यलयको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङले गिरिजाप्रसाद कोइराला नेपालको राजनीतिक प्रजातान्त्रिक आन्दोलनको प्रमुख यौद्धा भएको सम्झदै कोइरालाकै अगुवाइमा नेपालमा शान्ति प्रक्रिया अघि बढेको स्मरण गर्नुभयो । गुरुङले गिरिजा प्रसाद कोइराला नभएको भए नेपालमा अहिले पनि शान्ति, सुब्यबस्था हुने थिएन । कोइरालाले राजनीतिक जिवनमा गरेका बिकास त्याग, आदर्श बाट नेपाली कांग्रेसले मात्रै हैन सबै पार्टी र नेपालीले पाठ सिक्नु पर्ने बताउनु भयो ।
त्यस्तै गुरुङले अहिलेको सरकार जनताको चहानाअनुसार काम नगरी अधिनायकबाद तर्फ लागिरहेको समेत आरोप लगाउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले तत्कालीन अबस्थामा जंगलमा रहेको कमन्युष्टलाई शान्ति प्रक्रियामा लिनु, विभिन्न समयमा राजनीतिक र प्रजातान्त्रिक आन्दोलनको अगुवाई गर्ने आंट सहास गिरिजा प्रसाद कोइरालामा रहेको र उहाँ एउटा निडर, दुरदर्शि, र निर्णय क्षमता भएको नेताको रुपमा स्मरण गर्नुभयो ।
जी.पी फाउन्डेसन पर्वतका अध्यक्ष वसन्त बहादुर सि.के ले फाउन्डेसनले प्रजातान्त्र, शान्ति र बिकासका पक्षमा काम गर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस पर्वतका उपसभापति दुर्गा बहादुर खत्री, नेपाली कांग्रेसका वरिष्ठ सल्लाहकार लोकनाथ आचार्य, कुश्मा नगरपालिकाका उपमेयर सीता काफ्ले लामिछाने लगायतले आफ्ना बिचार राख्नुभएको थियो । जी.पी. फाउन्डेसन पर्वतका अध्यक्ष वसन्त बहादुर सि.के.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष लेखनाथ शर्माको स्वागत र सचिब गुप्तनिधी शर्माले गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका भातृ तथा सुबेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!