रमाईलो गरौ आज, पर्वतका यि स्थानहरुमा शिवरात्रीको विशेष मेला - News site from Nepal
रमाईलो गरौ आज, पर्वतका यि स्थानहरुमा शिवरात्रीको विशेष मेला

पर्वत – ः हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा पर्वतका शिवालयहरुमा विहानैदेखि भक्तजनहरुको घुँईचो लागेको छ ।
प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गुप्तेश्वर गुफा, अलपेश्वर गुफामा विशेष मेला लागेको छ । भने अन्य शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुकमो घँुईचो लागेको हो । गुप्तेश्वर र अलपेश्वर गुफाको दर्शन र गुफा भित्र रहेको शिबलिंगको पुजा गर्न बिहानै देखि भक्तजनको भीड लागेको हो ।
गुफामा दर्शन र पुजा गर्नका लागि पर्वतका गाउँगाउँबाट सर्वसाधरण आएका छन भने छिमेकी बागलुङ्ग, कास्की र म्याग्दीबाट समेत ठुलो संख्यामा भक्तजनहरु आएका छन । गुफामा दर्शन गर्ने र भजनमा नाचगान गर्नेहरु पनि प्रशस्त छन । गुप्तेश्वर गुफामा पार्वतीले महादेबलाई पतिको रुपमा पाउँ भनि ब्रत बसेको र भगवान शिब गुप्त रहेको धार्मिक बिश्वास रहि आएको छ । पार्वती पर्वतकै पाङ्गमा जन्मेकी र गुफामा ब्रत बस्ने तथा कालीगण्डकीमा स्नान गर्ने गरेको भनाई पाइन्छ । एक किलोमिटर लामो गुफामा देबदेबताको दर्जनौ आकृर्तिहरु रहेका छन ।
यसैगरी कुस्मा नगरपालिकाकै वडा नं. ९ कटुवाचौपारीमा रहेको अलपेश्वर गुफामा पनि दर्शनार्थीको भीड लागेको छ ।
पर्वत, कास्की र स्याङ्गजाको सिमानामा पर्ने पञ्चासे, डहरे, सेतीबेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला लगायतका शिबालय मन्दिरहरुमा भक्तजनको बिहानै देखि मेला लागेको छ । पछिल्लो समय भेटिएका पाङको पार्वती गुफा, देउपुरको शिवालय गुफा र चुवाको लालेश्वर गुफा, ठुलीपोखरीको बाटुलौर मन्दिर, पाङराङको शिवालय मन्दिर, खनियाघाटको शुक्लेश्वर मन्दिरमा पनि मेला लागेको स्थानियले जानकारी दिएका छन् ।
त्यस्तै मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वर र बागलुङ्गको गौरीधाम मन्दिर र ग्रामीण क्षेत्रमा रहेका शिवमन्दिहरुमा पनि बिहानैदेखि भक्तजनहरुको घुँईचो लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!