पर्वतको आर्थरडाँडाखर्कका स्वर्गिय रिमालको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न - News site from Nepal

पर्वत– नेपाली कांग्रेस कुस्मा नगरपालिका १४ का आर्थर डाडाँखर्कका क्रियाशिल सदस्य स्वर्गिय शिबप्रसाद रिमालको स्मृतिमा आर्थरमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
रिमालको नबौ पुण्यतिथिमा नेपाली कांग्रेस वडा नं १४ वडा कार्यसमितिको आयोजनामा आइतबार श्रद्धाञ्जलीसभा सम्पन्न भएको हो ।
श्रद्धाञ्जलीसभामा बोल्दै कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले स्वर्गिय रिमालले पार्टी र समाजलाई पु¥याएको योगदानको स्मरण गर्दै पार्टीलाई ठुलो क्षति भएको बताउनुभयो । कुस्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले पनि स्वर्गिय रिमालको योगदानको स्मरण गर्नुभएको थियो।
नेपाली कांग्रेस वडा कार्यसमिति वडा नं १४ का सभापति रुद्रमोहन रिमालको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभामा पञ्चकोशी माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मा, परिवारको तर्फबाट छोरा लेखनाथ रिमाल, तथा नेपाली कांग्रेसका कार्यकर्ताहरु खिमलाल सुबेदी र हिमलाल सुबेदीले पनि श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्नुभएको थियो। स्वर्गिय रिमालको ६५ बर्षको उमेरमा उच्चरक्तचामका कारण निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!