पर्वतको लुंखुदेउरालीकी पौरखी आशादेवी- अर्गानिक तरकारी खेतीवाट मनग्गे आम्दानी गर्दै - News site from Nepal

पर्वत– आयआर्जनका लागि रोजगारीनै गर्नुपर्छ वा विदेशनै जानुपर्छ भन्ने मानसिकता पछिल्लो समयका युवा युवतीहरुमा बढ्दै गएको पाईन्छ । दैनिक हजारौको संख्यामा युवायुवती पलायन भैरहेको तथ्यांक समेत बेला बेला सार्वजनिक हुने गर्दछ ।
तर पैसा कमाउनका लागि ती दुवैकुरालाई त्यागेर व्यावसायीक कृषि पेशामा लागेकी यहाँकी एक कृषकले अर्गानिक तरकारी खेतीवाट मनग्गे आम्दानी गर्न सफल भएकी छिन् ।
पर्वतको महाशीला गाउँपालिका वडा नं. ५ लुंखुदेउराली स्थित ज्यामिरेकी महिला आशादेवी शर्माले घरमै अर्गानिक तरकारी खेती गरेर बार्षिक तीन लाख रुपैया भन्दा बढि आम्दानी गर्न थालेकि हुन् ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालयको सहयोगमा ग्रामीण कृषि कार्यकर्ताको तालिम समेत लिएकी उनलाई रोजगारीका लागि अवसर समेत नआएको होईन । तर आफ्नै घर वपरिपरी रहेको खेतवारीलाई सदुपयोग गरी विगत पाँच वर्षदेखि उनले कृषि पेशामा हात हालेकी हुन् । शर्माले व्यावसायीक रुपमा गोलभेडा र मौसम अनुसार काउली, बन्दा, बोडी, घिरौला, सिमी, करेला, साग तथा मौसमी तथा बमौसमी काक्रो उत्पादन गर्दै आएकी छिन् । यसैगरी आलु, प्याज, लसुन लगायतका तरकारी समेत उत्पादन गरेर विक्रि गर्ने गरेको बताईन ।
पहिले घरायसी उपभोगका लागि मात्र उत्पादन गर्थे उनले भनिन् विस्तारै उत्पादन बढ्दै जान थालेपछि र घरलाई उपभोग गरेर बढि हुन थालेपछि व्यावसायिक बन्न थालेको उनले बताईन ।
शर्माले अहिले तीन वटा टनेलमा बाह«ैमास गोलभेडा खेती लगाउँदै आएकी छिन् भने निकट भविष्मै हाईटेक टनेल निर्माणको तयारी समेत गरेकि छिन् । पाँच रोपनी क्षेत्रफलवाट शुरुवात भएको तरकारी खेतीलाई विस्तार गर्ने योजना समेत उनको रहेको छ । शर्माले भनिन् ‘घरायसी प्रयोजन, आफन्त, इष्टमित्रलाई समेत पु¥याएर बार्षिक ३ लाख रुपैया भन्दा बढि मुनाफा आर्जन हुने गरेको छ ।’ उनले आफुले तरकारी खेतीमा कहिल्यै विषादी प्रयोग नगर्ने बताईन । उत्पादित तरकारी आफै उपभोग समेत गर्नुपर्ने भएकाले विषादी प्रयोग नगरी गाईभैसीको मलमुत्रवाटै जैविक रुपमा तरकारीहरु उत्पादन गर्ने गरेको बताईन ।
अधिकारीको उक्त पेशामा शिक्षक पेशामा आवद्ध श्रीमान भवराज अधिकारीले समेत विहान बेलुका सघाउने गरेका छन् । भने पछिल्लो समय छोरा सुमन अधिकारीलाई कृषि प्राविधिकको तालिम समेत दिलाएर सोहि पेशामा समेत आवद्ध गराउन थालेका छन् ।
हावापानीको हिसावले उपयुक्त रहेको उक्त क्षेत्रमा जनुसुकै मौसममा पनि तरकारीको सफल उत्पादन लिन सकिने अधिकारीले बताए । उनले भने उत्पादित तरकारी विक्रिका लागि कुनै समस्या छैन । केहि मात्रामा घरवाटै र केहि लुंखुदेउराली बजार, घण्टे र पोखरा समेत पठाउने गरेको अधिकारीले बताए ।
महाशीला गाउँपालिकाले थालेको एक घर एक टनेल अभियान अन्तर्गत गत आर्थिक वर्षमा एउटा टनेल बाहेक अन्य कुनै निकायवाट अनुदान नपाएको शर्माले बताईन । उनले भनिन्–‘व्यावसायको आकार बढाउने सोचमा लागेकी छु, कृषि ज्ञान केन्द्र लगायत विभिन्न तहवाट सहयोगको अपेक्षामा समेत रहेको छु ।’ आशाले आफुले तरकारी पेशावाट कमाएको पैसाले छोराहरुलाई पोखरामा उच्च शिक्षा पढाउनका लागि सहयोग गर्ने गरेको र मासिक रुपमा बैंकमा बचत समेत गर्ने गरेको बताउँदै यो व्यावसायवाट निकै सन्तुष्टी मिलेको बताईन ।
आफ्नो मेहेनत देखेर जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले समेत हौसला दिने गरेको बताउँदै आशाले निकट भविष्यमै क्षेत्रफल विस्तार र हाईटेक टनेलको माग गरेको समेत बताईन ।
श्रीमतीको मेहेनत देखेर भवराजले माछापालन व्यावसाय समेत थप गर्ने सोच बनाएका छन् । प्रसस्न पानीको श्रोत भएकाले माछा पालनका लागि पोखरी बनाउने तयारी गरेको समेत बताए । उनले शिक्षण पेशावाट अवकास भएपछि आफुपनि यहि पेशामा लाग्ने योजना रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!