खुसी पछिको बियोग, नेपाल आइडल रवि ओडकी आमाको निधन - News site from Nepal
खुसी पछिको बियोग, नेपाल आइडल रवि ओडकी आमाको निधन

कञ्चनपुर – दोस्रो सिजनको नेपाल आइडल विजेता रवि ओडलाई मातृशोक परेको छ । केही दिन अघि नेपाल आइडलको दोस्रो संस्करणका विजेता रविकी आमाको करेन्ट लागेर निधन भएको हो ।  आज (बुधबार) बिहान ७ बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनकी आमा ४५ वर्षीया विष्णा ओडको निधन भएको बताइएको छ । 

करेन्ट लागेकी विष्णालाई चिकित्सकहरुले मृत घोषित गरिसकेको सेती अञ्चल अस्पतालका इमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले पुष्टि गरेका छन् । अस्पतालका अनुसार उनको अस्पताल लैजाने क्रममा बाटोमै निधन भइसकेको थियो । 

कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन समारोहमा उपस्थित रवि व्यवस्तताका कारण घर जान पाएका थिएनन् । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । विष्णा रविकी कान्छी आमा हुन् । सानैमा जन्मदिने आमा गुमाएका रविलाई विष्णालेनै हुर्काएकी थिईन् । 

रविका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्दै आएका छन्  । रविका हजुरबुवा पहाडी जिल्ला अछामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए । रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिका (साविक बुढाकोट गाविस) बाट कञ्चनपुर झरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!