
माधब पराजुली,
पोखरा – माघको दोस्रो हप्ता गण्डकी प्रदेशको राजधानि पोखरा देखि सिमरा जितपुर सिधा जहाज सञ्चालनमा आउने भएको छ । सातओटै प्रदेश बाट गण्डकी प्रदेशको राजधानि पोखरलाई सिधाहर्वाइ सम्पर्कबाट जोड्न गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आईतबार भएको छलफलका क्रममा माघको दोस्रो हप्ता पोखरा देखि सिमरा जहाज उडाउने निर्णय भएको छ भनेबन्द रहेको मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्ययन प्राधिकरण सहितको टोली र स्थानीय तहका जनप्रतिनिधिबीच भएको छलफलमा यि दुइ स्थानमा तत्काल पोखरा देखि सिधा जहाज उडाउने सहमति जुटेको हो ।
पोखरा देखि मनाङको हुम्डे विमानस्थलको लागि यहिँ पौष २४ गते विमानले उडान भर्ने छ । यसका लागि आवश्यक तयारी थालिएको र विमान स्थलको प्राविधिक अवस्थाबारे अध्ययन गर्न प्राधिकरणले केही दिनमै टोली पठाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिनुभयो ।उहाँका अनुसार जहाज उडानका लागि यात्रु सुनिश्चितताको जिम्मा सम्बन्धित स्थानिय तहले लिनुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्झौंता गर्ने छ । यात्रु सुनिश्चितताको जिम्मा सिमरा जितपुर उपमहानगरपालिका र मनाङ जिल्लाका स्थानिय तहहरुले सहमति जनाईसकेका छन् ।
२०७१ बैशाख देखि मनाङको एकमात्र हुम्डे विमानस्थलमा कुनै पनि एयरलाइन्सले उडान भर्न नसक्दा मनाङको जनजीवन प्रभावित हँुदै आएको थियो ।समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा रहेको हुम्डे विमानस्थलमा ०३९ साल असोजबाट निगमले मनाङ–पोखरा र पोखरा–मनाङको उडान भर्न सुरु गरेको थियो । अब मनाङमा उत्पादन हुने स्याउ, जडीबुटी आदि हवाई सेवा बाट निर्यात गर्न सहजहुने भएको छ भने विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आन्तरिक तथा विदेशी पर्यटक बढ्न सक्ने अनुमान गरिएको छ ।
सिमरा जितपुरमा भने पहिलो पटक जहाज उड्ने छ ।उक्त स्थान बाट जहाज उडान भर्न थालेपछी पर्यटकीय तथा व्यापारीक गतिविधि बढ्ने स्थानियवासीको भनाई छ ।
पोखरा बाट सातै प्रदेश लाई सडक र हवाई यातायात मार्फत जोडी पर्यटकीय गन्तव्य र व्यापार प्रवद्र्धन गर्ने उद्धेश्यका साथ सम्पूर्ण काम कार्वाही लाई अगाडी बढाइएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथावातावरण मन्त्रीविकास लम्सालले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको सन् २०२० सम्म २० लाखपर्यटक भित्र्याउने लक्ष्य अनुरुपनै पर्यटक मैत्री पूर्वाधारको विकास गर्नेकाम अगाडी बढिरहेको उहाँले बताउनु्भयो । पोखरा बाट सातै ओटा प्रदेशका लागि सिधा हवाई जहाज उडान भर्न आवश्यक तयारी थालिएको र नेपालनागरिक उड्डयन प्राधिकरणलाई यथाशक्य छिटो अन्तरप्रदेश भित्र उडान तालिका सार्वजनिक गर्न निर्देशन दिईएको मन्त्री लम्सालले बताउनुभयो । मुलुकको व्यापार घाटा कम गर्न तथा बिदेशीतथा स्वदेशीपाहुनाको सहज, सरल र सुविधा युक्त आगमनका लागि पोखरा बाट सातै प्रदेशका लागि जहाज उडाउने कार्य आगाडी बढाइएको बताउनुभयो ।
लम्सालका अनुसार गण्डकी प्रदेशका ८५ ओटै स्थानिय तहमा एक÷एक हेलिप्याड निर्माण गर्ने तयारी समेत थालिएको छ । मन्त्री लम्सालले गण्डकी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकलाई हेलिकप्टर मार्फत जाने व्यवस्था मिलउन एक स्थानिय तहमा एक हेलिप्याड निर्माण गर्ने योजना अगाडि सारिएको बताउनुभयो ।