
पर्वत– गाउँकै १३ बर्षिया बालिकालाई बलात्कार प्रयास गर्ने एक युवा पर्वत प्रहरीद्धारा पक्राउ परेका छन ।
पर्वतको मोदी गाउँपालिका वडा नं ८ चित्रेका २० बर्षिय राजेश नेपालीलाई बालिका बलात्कारको प्रयास गरेको कसुर अभियोगमा प्रहरीले पक्रेको हो ।
अभियुक्त नेपालीले १३ बर्षिया बालिकालाई मंसिर २६ गते ललाई फकाई गरी करणी प्रयास गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाई उनले करणी सम्वन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
नेपालीलाई शनिबार उनकै घरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका नेपालीलाई पर्वत जिल्ला अदालतबाट यौन जन्य प्रकृतिका अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मुद्धामा म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।