शान्ति सुरक्षा कायम गर्न आग्रह - News site from Nepal
शान्ति सुरक्षा कायम गर्न आग्रह

काठमाडौँ, १६ मङ्सिर : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बलात्कार र महिला हिंसा लगायत घटना दिन प्रतिदिन बढ्दै गएको उल्लेख गर्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सँगको पार्टी एकताले छिट्टै पूर्णता पाउने पनि अध्यक्ष डा लोहनीको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!