कालीगण्डकीमा वेपत्ता युवाको खोजीका लागि शसस्त्र प्रहरीको गोताखोर टोली परिचालन  - News site from Nepal
पर्वत १७ चैत : पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेर कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएका युवाको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ ।
म्याग्दीको नारच्याङमा रहेको शसस्त्र प्रहरी बलको विपद व्यवस्थापन एकाईको टोलीले खोजी शुरु गरेको हो । सोमवार साँझ ७ बजे छिमेकी जिल्ला बागलुङबाट टिप्परमा पर्वततर्फ आउँदै गरेका पर्वतको जलजला गाउँपालिका–८ का २५ वर्षिय विशाल बिक प्रहरीले जाँच गर्ने क्रममा भागेर कालीगण्डकीमा हाम फालेका थिए ।  ।
पर्वत र बागलुङको सिमानामा पर्ने मालढुंगा अस्थायी प्रहरी पोष्टको नियमित जाँचको क्रममा बिकले भागेर कालीगण्डकीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादबले जानकारी दिनुभयो । विकका आफन्त, प्रहरी र शसस्त्र प्रहरीको टोलीले बिहानैदेखि खोजी गरेपनि नभेटिएपछि गोताखोर टोलीनै परिचालन गरिएको शसस्त्र प्रहरी बल २५ नं. गण चण्डिकाका गणपती क्षितिज क्षेत्रीले जानकारी दिनुभयो ।
खोजीका लागि गएरातीदेखिनै शसस्त्र प्रहरी बलका प्रहरी निरिक्षक रामचन्द्र खड्काको नेतृत्वमा २५ जना विपद व्यवस्थापनको टोली खटिएको भएपनि फेला पार्न नसकेपछि सशस्त्र प्रहरी नायब उपरिक्षक मनोज खड्काको कमाण्डमा गोताखोर टोलीले खोजी गरिरहेको गणपती क्षेत्रीले जानकारी दिनुभयो ।
खोजी कार्यमा जिल्ला सुरक्षा समिति समेत घटनास्थलमा पुगेको छ । यस अघि बेपत्ता युवाका परिवारले मंगलवार बिहानैदेखि पोखरा–बागलुङ राजमार्ग ठप्प पारेका थिए ।  जिल्ला सुरक्षा समिति र वेपत्ता युवाका आफन्तबीच छलफल गरी खोजी कार्यलाई तीब्रता दिने सहमति पछि केहि बेर अघिदेखि सडक सुचारु भएको हो ।
बागलुङबाट बालुवा बोकेर पर्वतको कुश्मातर्फ आउँदै गरेको ग१क ५२४४ नम्बरको टिपरमा सवार विक भागेर कालीगण्डकीमा हाम फालेको र टिप्परका चालक चालक पनि फरार रहेको प्रहरी नायब उपरिक्षक यादबले बताउनुभयो ।
बिकका परिवारले भने प्रहरीले लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!