कुश्मामा श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञ शुरु - News site from Nepal

पर्वत– पर्वत सदरमुकाम कुश्मामा श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।

कुश्मा नगरपालिका वडा नं. ४ चिलाउने चौतारामा रहेको मुक्तिनाथ गायत्री सेवाश्रमको आयोजनामा सप्ताहब्यापी रुपमा महायज्ञ तथा सवाकरोड दीप प्रज्ज्वलन महोत्सव शुरु भएको हो । गायत्री सेवाश्रमको संरक्षण, सम्वद्र्धन एवम् अक्षयकोष स्थापना गर्ने उद्धेश्यले आयोजित महायज्ञको अनन्तश्रीविभुषित मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्य मुक्तिनाथ बाबाले उद्घाटन गर्नुभएको छ ।

महायज्ञको उद्घाटन गर्ने मुक्तिनाथ बाबाले विश्वका मुख्य चार धाममध्ये मुक्तिनाथ लगायतका धार्मिक क्षेत्रमा आउने भक्तजन तथा पर्यटकहरुको सुविधाका लागि स्थापना भएको गायत्री सेवाश्रमको विकासका लागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले धर्मसंस्कृतिको विकास र जगेर्नावाट मात्रै नेपालको विकास गर्न सकिने बताउनुभयो । उहाँले पवित्र कालीगण्डकीको महिमा र सभ्यता संरक्षणमा सवैले ध्यान दिनुपर्ने बताउनुुभयो ।

महायज्ञमा श्री सुदर्शन प्रपन्नाचार्यले कथा बाचन गर्नुहुने भएको छ । आजदेखि कथा प्रवचन लगायतका कार्यक्रमहरु रहेका छन् । उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, कल्पना चापागाई, कर्मचारीहरुको तर्फवाट चण्डिका पौडेल, मुल आयोजक मानकुमारी गिरी, मुक्तिनाथ बाबाका उत्तराधिकारीहरु लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम उद्घाटन अघि भजनकृतन, बाजागाजा सहित भव्य कलशयात्रा गरिएको थियो । आजेदेखि २३ गतेसम्म मण्डपपुजन, पाठपारायण, कथावाचन, तथा राष्ट्रियस्तरका कलाकारवाट भजन कृतन हुने भएको छ । चैत्र २२ गते सवाकरोड दिप प्रज्वलन, र २३ गते तिलार्पण, महापुर्णाहुति, महाअभिषेक र समापन समारोह हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!