पर्वत– कवि तथा गितकार लेखनाथ शर्मा पौडेलद्वारा लिखित पाँचौँ कृति परमात्मा दर्शन भजन माला कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
चौतर्फी बिकास श्रोत मन्च पर्वतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कृति विमोचन कार्यक्रम को पानस मा दिप प्रजलन गरि कुस्मा नगरपालिका वाड न २ का वडा अध्यक्ष एवम् कुस्मा नगरपालिकाका प्रवक्ता लालकृष्ण शर्मा बास्तोलाले उद्घाटन गर्नुभएको थियो ।
कृति बिमोचन बरिष्ठ साहित्यकार पर्वत साहित्य संगमका सस्थापक एवम् पुर्व अध्यक्ष इन्द्रकुमार विकल्पले गर्नुभएको थियो । कृति विमोचन कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथिको रुपमा लालकृष्ण बास्तोला, पर्वत साहित्य संगमका संस्थापक एवम् संरक्षक इन्द्रकुमार विकल्प नेपाल पत्रकार महासंघ पर्वत शाखाका पुर्व अध्यक्ष एवम् साहित्यकार ओमप्रसाद घायल, पर्वत साहित्य संगमका पुर्व अध्यक्ष राजेन्द्र पहाडी, माधुरी साहित्य प्रतिस्ठानका संरक्षक साहित्यकार सरस्वती शर्मा जिज्ञासु, साहित्यकार तथा निवृत्त शिक्षक दोर्णराज उपाध्याय लगाएलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त परमात्मा दर्शन भजन माला विमोचन कार्यक्रम चौतर्फी बिकास श्रोत मन्च पर्वतका अध्यक्ष कालिका प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत चौतर्फी बिकास श्रोत मन्चका कार्यकारी प्रमुख गणेश बहादुर क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रम सन्चालन सचिव शिवराज शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम अधिकारी, क्रियासिल पत्रकार गणेश गिरी, गणेश पौडेल तथा रोटरी क्लब पर्वतका पुर्व अध्यक्ष योगराज गिरी, साहित्यकार इन्द्रमान खत्री, डिल्लीराम शर्मा, बिमल शर्मा, खुर्कोट युवा क्लब का पुर्व अध्यक्ष तिर्थ प्रशाद शर्मा , चौतर्फी बिकास श्रोत मन्चमा उपाध्यक्ष नारायण गिरी, नेपाली काँग्रेस खुर्कोटका सचिव गोविन्द रेग्मी लगाएतको सहभागिता रहेको थियो ।






