पत्रकार महासंघ स्थापना दिवस : प्रदेश अस्पताल पर्वतमा फलफुल वितरण - News site from Nepal
पर्वत– नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवस पर्वतमा पनि मनाईएको छ । दिवसको अवसरमा प्रदेश अस्पताल पर्वतमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा उपचाररत १२ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।
स्थापना दिवसमा सामाजिक दायित्व पुरा गर्ने उद्धेश्यले बिरामीहरुको स्वास्थ्यलाभको कामना सहित फलफुल वितरण गर्नुका साथै शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले पत्रकारहरु केवल जनतालाई सुसुचित गर्ने मात्र नभई मुलुक परिवर्तनको मुख्य हिस्सेदार पनि रहेको बताउनुभयो । उहाँले आवाजबिहीनहरुका आबाजलाई मुखरित गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा जोड दिन आग्रह गर्नुभयो ।
नगरप्रमुख तिवारीले पछिल्लो समय देखिएको आर्थिक मन्दिका कारण सञ्चार क्षेत्रमा पनि प्रत्यक्ष असर पुगेको बतउँदै सञ्चारकर्मी र सञ्चार माध्यमको सबलीकरण गर्नका लागि राज्यका तीनै तहका सरकारले चासो दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीले नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाली सञ्चार माद्यामको सवलीकरण र सुरक्षाको लागि वर्तमान सरकारले विशेष ध्यान दिने अपेक्षा गर्नुभएको छ । स्वतन्त्र,  मर्यादित र व्यवशायिक पत्रकारिताका माध्यमबाट आमव्यक्तिलाई सुसूचित गर्न,समाज रूपान्तरणमा बल पुगोस भन्दै अभिव्यक्ति स्वतन्त्रता सुनिस्चित गर्न माग समेत गर्नुभएको छ ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, प्रदेश अस्पतालका अध्यक्ष याम परियार शिव, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल लगायत विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधि, पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरुका साथै जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिब  विष्णु गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!