पर्वतको जलजलामा विज्ञान सामग्री प्रर्दशनी तथा चित्रकला प्रतियोगिता - News site from Nepal

पर्वत- जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा शुक्रबार विज्ञान सामग्री प्रर्दशनी तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

जलजला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा सात वटा विद्यालयका ४० जना भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना
आधारभूत तथा माध्यमिक विद्यालय स्तरीय विज्ञान सामग्री प्रर्दशनीमा ग्रामप्रकाश मावि प्रथम, विद्याज्योती मावि दोस्रो र न्यू होराइजन आवासीय मावि तेस्रो भएका जलजला गाउँपालिकाका शिक्षा अधिकृत टंकनाथ पौडेलले बताउनुभयो ।

यसैगरी आधारभूत तह स्तरीय चित्रकला प्रतियोगितामा न्यू होराइजन आवासीय माविका श्रेया रेग्मी प्रथम, विद्याज्योती माध्यमिक विद्यालयका सुविज्ञा जि.सी. दोस्रो र लुङदी आधारभूत विद्यालयका आयुष्मा परियार तृतीय भएका सहायक शिक्षा अधिकृत देवि रिजालले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यार्थीहरुमा सिर्जनशिलताको विकास गराउन तथा प्रतिभा पहिचानका लागि विज्ञान सामग्री प्रर्दशनी तथा चित्रकला प्रतियोगिता प्रभावकारी हुने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!