पर्वत १३ माघ : स्वास्थ्य तथा जनसंंख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य विमालाई प्रभावकारी रुपमा संचालन गर्न तीनै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छिन् ।
प्रदेश अस्पताल पर्वतको मंगलवार विहान निरिक्षण गर्दै मन्त्री गौतमले संघीय सरकारको मात्र बजेटले स्वास्थ्य विमा कार्यक्रमलाई अपुग भएकोले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट बिनीयोजन गर्नुपर्ने बताईन । अहिलेपनि थुुप्रै अस्पतालहरुले स्वास्थ्य बिमाको बजेट नपाएको गुनासो आईरहेको बताउँदै सरकारसँग बजे अभाव भएकै कारण भुक्तानी दिन नसकिएको बताईन । अर्थ मन्त्रालयमा माग गर्दा बजेट नभएको भनेपछि स्वास्थ्य मन्त्रालयकै बजेटवाट झण्डै एक अर्ब बिमा बोर्डलाई भुक्तानी भएको उनको भनाई छ ।
मन्त्री गौतमले आफुले विभिन्न प्रदेश अन्तर्गतका बैठकमा प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिहरुलाई आगामी बजेटमा स्वास्थ्य बिमाको लागि पनि रकम बिनियोजन गर्न आग्रह गरेको बताईन । मन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको बताईन ।
सरकारी स्वास्थ्य संस्थाहरुमा पर्यापत औषधी, जनशक्ति र उपकरणको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै मन्त्री गौतमले नागरिकलाई आधारभुत स्वास्थ्य सुविधाका पुर्याउनका लागि विभिन्न निति र योजना बनाउनुनपर्ने बताईन । उनले निर्वाचन आचारसंहिता लागिसेककाले कतिपय कामहरु अघि बढाउन नसकिएको बताईन ।
उनले भदौ २३ र २४ गतेको आन्दोलनमा घाईते भएका जेन्जीहरुको उपचारका लागि सकारले कुनैपनि कसर बाँकी नराख्ने बताईन । उनले घाईतको उपचारमा कुनै समस्या नभएको तर अंग प्रत्यारोपण गर्न पर्नेहरुको व्यवस्थापनमा सरकार लागिरहेको बताईन । उनले शहिद परिवारहरुले विभिन्न सेवा सुविधा माग गरिरहेकोले सरकारले आवश्यक छलफल गरिरहेको जानकारी दिईन ।
मन्त्री गौतमले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सवैले सहयोग गर्नुपर्ने बताईन । सरकारको तर्फवाट सम्पुर्ण तयारी भैरहेको बताउँदै राजनीतिक दल, मतदाता र युवा पुस्ताले पनि सहयोग गर्न आग्रह गरिन । आफ्नो कार्यकाल छोटो भएपनि आगामी सरकारले अघि बढाउनेगरी स्वास्थ्य क्षेत्रमा केहि सुधारका कामहरु गरिरहेको उनको दावी रहेको छ ।
सो अवसरमा प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम परियारले अस्पतालका लागि आवश्यक जनशक्ति, उपकरण, बिमा वापतको रकम उपलव्ध गराईदिने लगायतका विभिन्न मागहरु समेटिएको मागपत्र पेश गरेका थिए । पर्वत अस्पतालले पनि विमा वापतको तीन करोड रुपैया भुक्तानी पाउन सकेको छैन ।
सो अवसरमा पर्वत युवा सञ्जालका युवाहरुले मन्त्री गौतमसँग समसामयिक विषयमा छलफल समेत गरेका थिए ।






