प्रदेश अस्पताल पर्वतमा न्यूनतम सेवा मापदण्डको १७औँ फलोअप कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत, फागुन १३- प्रदेश अस्पताल कुश्मा पर्वतमा स्वास्थ्य सेवाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले लागू गरिएको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards—MSS) को १७ औँ फलोअप कार्यक्रम सम्पन्न भएको छ।

प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश र प्रदेश अस्पताल कुश्माको आयोजनामा उक्त कार्यक्रम बुधबार प्रदेश अस्पताल कुश्मामा सम्पन्न भएको हो ।

फलोअपका क्रममा आपतकालीन सेवा, प्रसूति सेवा, प्रयोगशाला, फार्मेसी, खानेपानी, सरसफाइ, बिरामी सुरक्षा तथा अभिलेख व्यवस्थापन लगायतका क्षेत्रहरूको निरीक्षण तथा मूल्याङ्कन गरिएको थियोे । उक्त मुल्यांकनका आधारमा प्रदेश अस्पताल कुश्माले ८४ अंक प्राप्त गरेको छ ।

कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले अस्पताल व्यवस्थापन समिति, अस्पतालमा कार्यरत डाक्टर, कर्मचारी लगायत सरोकारवालाहरुको सामुहिक प्रयासबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान भएको बताउनुभयो । अस्पतालमा प्रदान हुने सेवाहरूलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउनुपर्ने बताउदै न्यूनतम सेवा मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्न, बिरामीमैत्री वातावरण सुनिश्चित गर्न तथा सरसफाइ र अनुशासनमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाईइ आग्रह गर्नुभयो ।

सिमित स्रोत साधनका बाबजुद पनि अस्पतालमा सबैको पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिएको प्रदेश अस्पताल कुश्माका अस्पताल व्यवस्थापन समिति अध्यक्ष याम बहादुर परियारले बताउनुभयो । प्रादेशिक जनस्वास्थ्य केन्द्रले दिएको सुझावलाई मनन गर्दै आगामी दिनहरूमा उपलब्ध उपलब्धिलाई यथावत राख्दै अस्पतालमा गुणस्तरीय, सुरक्षित र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!