अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न जेसीबी र टिप्पर नियन्त्रणमा - News site from Nepal

पर्वत १० जेठ — पर्वत प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फलेवास नगरपालिका–११ श्रीकाङ स्थित कालीगण्डकी नदीमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा शनिबार खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उक्त स्थानबाट ग १ क ४७३५ नम्बरको जेसीबी र ग १ क ९६७५ नम्बरको टिप्पर नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि फलेवास नगरपालिकाको कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक राजनकुमार पटेलले नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!