भदौ २३ र २४ को घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न युवाहरुको माग - News site from Nepal
 
पर्वत– गत भदौ २३ र २४ गते भएको आन्दोलन र  तोडफोड तथा आगजनीको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न पर्वतका युवाहरुले माग गरेका छन् ।
पर्वत युवा सञ्जाल र शिवालय युवा विकास मञ्चले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पर्वतमार्फत ज्ञापनपत्र बुझाउँदै शान्तिपूर्ण आन्दोलनमाथि भएको गोली प्रहार, आगजनी तथा तोडफोडको निष्क्ष छानविन गर्न माग गरेका छन् ।
यसैगरी शान्तिपुर्ण आन्दोलनमा सहभागि निर्दोष युवाहरुलाई अनावश्यक रुपमा गरिएको दोषारोपण बन्द गर्न माग गर्दै, लाई मानव अधिकारको गम्भीर उल्लंघन भएको बताएका छन् । उनीहरूले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा गरिएको आन्दोलनमा सहभागी युवामाथि गोली चलाउनु लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध भएको उल्लेख गरेका छन् ।
ज्ञापनपत्रमा आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोडजस्ता घटनामा संलग्न बास्तबीक दोषीलाई पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै, शान्तिपूर्ण आन्दोलनमा संलग्न निर्दोष युवाहरूमाथि अनावश्यक दोषारोपण नगर्न पनि आग्रह गरिएको छ ।
युवाहरुले घटनाको सत्यतथ्य सार्वजनिक गरी जनतालाई सुसूचित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आन्दोलनलाई बदनाम गर्ने प्रयास भइरहेकोप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले शान्तिपूर्ण रूपमा उठाइएको आवाजलाई दबाउने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
साथै, कानूनको शासनलाई व्यवहारमा लागू गर्दै सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्नेमा जोड दिइएको छ । पर्वत युवा सञ्जालका अध्यक्ष समुन्द्र गिरी र शिवालय युवा विकास मन्चका अध्यक्ष संविधान गिरीद्धारा संयुक्त हस्ताक्षर गरि ज्ञापनपत्र बुझाईएको हो ।
सो अवसरमा प्रजिअ लक्ष्मीप्रसाद पौडेल र प्रहरी नायब उपरिक्षक बिजय यादबले उक्त घटनाको आवश्यक छानविन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!