जलजला गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न - News site from Nepal
जलजला गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

पर्वत/ जलजला गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको अध्यक्षतामा बुधबार सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षमा गाउँपालिकाबाट सञ्चालन भएका योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती तथा कार्यसम्पादन अवस्थाको समीक्षा गरिएको हो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दीपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्ले, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा तथा वडा कार्यालयका सचिवहरूले आर्थिक वर्ष २०८२/८३ मा आफूहरूले सम्पादन गरेका काम, हासिल भएका उपलब्धि, कार्यक्रमको प्रगति तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीका विषयमा प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ मा गाउँपालिकाले अघि बढाउनुपर्ने प्राथमिकता, आगामी कार्यदिशा तथा कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो।

समीक्षा कार्यक्रमले गाउँपालिकाबाट प्रवाह हुँदै आएको सेवा तथा विकास निर्माणका कामलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउँदै आगामी दिनमा कार्यसम्पादन सुधार गर्न आवश्यक आधार तयार गरेको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!