पर्वतमा बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु   - News site from Nepal
पर्वतमा बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु  
पर्वत ९ चैत : पर्वतमा सोमबार साँझ भएको बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु भएको छ ।
  उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित कुश्मा–फलेवास सडक खण्डमा स्थत कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा जीप चालक ३५ बर्षिय सज्जन परियारको घटनास्थलमै ज्यान गएको हो ।
सोमवार दिउँसो सदरमुकाम कुश्माबजारवाट युरिया मल लिएर फलेवास नगरपालिका तर्फ जाँदै गएको ग१ज ८०२९ नम्वरको जीप सडकबाट झण्डै ३० मिटर तल खसेर दुर्घटना भएको हो । जीपमा चालक एक्लै रहेको र अन्य यात्रु नरहेको पाईएको छ ।   जीप दिउँसो  झण्डै २ बजेको समयमा खसेर दुर्घटना भएपनि साँझमात्र फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिनेश पौडेलले अचेत अवस्थामा फेला परेका चालक परियारको उद्धार गरी साँझ प्रदेश अस्पतालमा ल्याउँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक सज्जनका भाई पत्रकार साजन परियारले दिउँसो दुई बजेनै दुर्घटना भएको भएपनि साँझमात्र आफुलेनै खोजी गर्दा पत्ता लागेको जानकारी दिनुभयो । लामो समय खाडी मुलुकमा बसेर स्वदेश फर्किएका चालक तीन वर्ष अघि स्वदेश फर्र्किएर बोेलेरो जीप किनेर व्यावसाय गर्दै आउनुभएको थियो ।
उहाँका एक श्रीमती र एक वर्षिय छोरा रहेका छन् । प्रहरी निरिक्षक पौडेलले मृतकको शव पोष्टमार्टका लागि प्रदेश अस्पताल पर्वतमा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको जानकारी दिनुभयो । भारी वर्षाका कारण उकालो बाटोमा चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
दुर्घटनाको खबर लगत्तै खटिएको शसस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी बलबाट खटिएको टोलीले कठिन अवस्थामा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल उपरिक्षक क्षितिज क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!