कालीगण्डकी नदिले बगाएर बृद्धाको मृत्यु - News site from Nepal
कालीगण्डकी नदिले बगाएर बृद्धाको मृत्यु

पर्वत ११ फागुन : पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदिले बगाएर एक बयोबृद्धाको ज्यान गएको छ ।

मोदीवेणी धामामा बस्दै आउनुभएकी पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भँगराकी ९७ वर्षिया बृद्धा सावित्रि गिरीको मृत्यु भएको हो । सोमवार दिउँसो १२ बजे कालीगण्डकी नुहाउन किनारमा पुगेकी बृद्धालाई नदिले बगाएको थियो ।

नदिले बगाएलगत्तै उद्धारमा खटिएको शसस्त्र प्रहरी बल २५ नम्वर गण हेडक्वाटर चण्डिका र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजी गर्दा झण्डै चार सय मिटर तल बगरमा शव भेटिएको थियो । साँझ सवा पाँच बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मृतक बृद्धाको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!