कालीगण्डकी उत्खनन् रोक्न पर्वत र बागलुङका नवनिर्वाचित सांसदको चासो   - News site from Nepal
पर्वत ६ चैत : कालीगण्डकी नदीको संरक्षण र बढ्दो दोहनविरुद्ध पर्वत र बागलुङबाट नव–निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले संयुक्त रूपमा आवाज उठाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा नदीको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्व जोगाउन तत्काल कदम चाल्न सरकारसँग माग गरिएको छ । पर्वतबाट निर्वाचित सागर भुसाल, बागलुङ एक वाट सुशिल खड्का र दुई वटा निर्वाचित सोम शर्माले संयुक्त बक्तव्य जारी गर्दै कालीगण्डकीको अबैध उत्खनन् तत्काल रोक्न माग गर्नुभएको छ ।
वक्तव्यमा कालीगण्डकीलाई विश्वकै एक मात्र यस्तो नदीका रूपमा उल्लेख गरिएको छ की जहाँ दुर्लभ शालिग्राम शिला पाइन्छ । धार्मिक आस्थामा भगवान विष्णुको प्रतीक मानिने शालिग्रामले नेपालका धार्मिक तथा सांस्कृतिक पहिचानमा विशेष स्थान ओगटेको बताइएको छ । तर पछिल्लो समय नदीमा भइरहेको अनियन्त्रित उत्खननले यसको पारिस्थितिक सन्तुलन र सांस्कृतिक सम्पदामा गम्भीर असर पारिरहेकोमा सांसदहरूको चिन्ता व्यक्त गर्नुभएको छ ।
सांसदहरूले नदी दोहनका गतिविधि नेपालका कानुनविपरीत रहेको भन्दै यस्ता कार्य तत्काल रोक्न र दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् । साथै, संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणको अधिकार र धार्मिक स्वतन्त्रतामाथि समेत यसले असर पुर्‍याएको उल्लेख गरिएको छ ।
उहाँहरूले कालीगण्डकी नदीलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग जोडदार माग गरेका छन् । आगामी संसद अधिवेशनमा यस विषयलाई औपचारिक रूपमा उठाई दीर्घकालीन संरक्षणका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता पनि उहाँहरुले जनाउनुभएको छ ।
सांसदहरूले कालीगण्डकीको संरक्षणलाई आफ्नो नैतिक, कानुनी तथा संवैधानिक दायित्व भएको उल्लेख गर्दै यसबाट पछि नहट्ने स्पष्ट पार्नुभएको  छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!