पर्वतका सांसद सागर भुसालको चुनावी खर्च २२ लाख ६३ हजार  - News site from Nepal
पर्वतका सांसद सागर भुसालको चुनावी खर्च २२ लाख ६३ हजार 
पर्वत– पर्वतबाट निर्वाचित  प्रतिनिधि सभा सदस्य सागर भुसालले निर्वाचन खर्च सार्वजनिक गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भुसालले जिल्ला निर्वाचन कार्यालय पर्वतमा बझाएको निर्वाचन खर्च विवरण अनुसार २२ लाख ६३ हजार ८ सय १५ रुपैया खर्च भएको छ । भुसालले सवैभन्दा बढि सवारी साधन भाडामा खर्च गर्नुभएको छ । जसमा रु. सात लाख २८ हजार, झण्डा, लोगो र बाचापत्र छपाईमा दुई लाख ३३ हजार तीन सय, बुथ खर्च तीन लाख ८० हजार, मतदाता शिक्षामा तीन लाख ६६ हजार, खाजा तथा खानामा दुई लाख ८० हजार दुई सय २०, खर्च भएको उल्लेख गर्नुभएको छ ।
यसैगरी साउण्ड सिष्टम र माईकिङमा एक लाख ९ हजार दुई सय, मतदाता नामावली छपाईमा ८९ हजार ६ सय १५, मनोनयन दर्तामा  १० हजार, मतदाता नामावली खरिदमा तीन हजार तथा नमुना मतपत्र तथा फ्‌लेक्स प्रिन्टमा ६४ हजार चार सय ८० खर्च भएको छ ।
सांसद भुसाल निर्वाचन परिणाम लगत्तै गाउँगाउँमा मतदातालाई धन्यवाद दिन र सुझाव संकलन अभियानमा रहनुभएको छ । मंगलवार र बुधवार रास्वपाले संचालन गरेको सांसद प्रशिक्षणमा पुग्नुभएका भुसाल पुनः फर्किर बाँकी रहेका ठाउँमा धन्यवाद ज्ञापन र सुझाव संकलन अभियान संचालन गर्ने जानकारी दिनुभएको छ ।
यो सँगै मुख्य राजनीतिक दलका सवै उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाईसकेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । पर्वतमा १३ राजनीतिक दल र चार स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दिएका थिए ।
पर्वतमा अधिकतम ३१ लाख रुपैया खर्च गर्न पाउने सिमा रहेको थियो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा लगायतका दलले २७ लाख हाराहारीमा खर्च भएको विवरण पेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!