पर्वतको कुश्मामा चैत १६ देखि २३ गतेसम्म धनधान्याचल महायज्ञ हुने   - News site from Nepal
पर्वत ३० फागुन : पर्वत सदरमुकाम कुश्मामा आगामी चैत १६ गतेदेखि २३ गतेसम्म श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
कुश्मा नगरपालिका वडा नं. ४ चिलाउने चौतारामा रहेको मुक्तिनाथ गायत्री सेवाश्रमको आयोजनामा सप्ताहब्यापी रुपमा महायज्ञ तथा सवाकरोड दीप प्रज्ज्वलन महोत्सव आयोजना गरिएको हो । गायत्री सेवाश्रमको संरक्षण, सम्वद्र्धन एवम् अक्षयकोष स्थापना गर्ने उद्धेश्यले आयोजित महायज्ञमा अनन्तश्रीविभुषित मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्य मुक्तिनाथ बाबाका अनुयायी श्री सुदर्शन प्रपन्नाचार्यले कथा बाचन गर्नुहुने भएको छ ।
महायज्ञलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न समिति उपसमितिहरु निर्माण गरिएका छन् । महायज्ञको मुल संयोजकमा समाजसेवी मानकुमारी गिरी रहनुभएको  १०८ सदस्यीय समिति बनाईएको छ ।
यसैगरी आर्थिक समिति संयोजकमा ऋषिराम शर्मा पौडेल, प्रचारप्रसार संयोजकमा माया अधिकारी, कलशयात्रा व्यवस्थापन समिति संयोजकमा अम्बिका कुमारी शर्मा, फुलमाला, बत्ती व्यवस्थापन समितिमा बिन्दु जिसी, दुनाटपरी तथा पुजा व्यवस्थापन समितिमा गायत्री आमा समुह, अतिथि सत्कार उपसमितिमिा विष्णु गैरे, खाद्यान्न व्यवस्थापन उपसमितिमा बसन्त बास्तोला रहनुभएको छ ।
कार्यक्रम अनुसार चैत्र १६ गते भजनकृतन, बाजागाजा सहित भव्य कलशयात्रा सहित समुद्घाटन हुने भएको छ भने १७ गतेदेखि २३ गतेसम्म मण्डपपुजन, पाठपारायण, कथावाचन, तथा राष्ट्रियस्तरका कलाकारवाट भजन कृतन हुने भएको छ । चैत्र २२ गते सवाकरोड दिप प्रज्वलन, र २३ गते तिलार्पण, महापुर्णाहुति, महाअभिषेक र समापन समारोह हुने भएको छ ।
श्री मुक्तिनाथ गायत्री सेवाश्रम कुश्माका अध्यक्ष लोकनाथ आचार्यको अध्यक्षतामा शुक्रवार सम्पन्न भेलाले विभिन्न उपसमिति गठन गर्नुका साथै महायज्ञका लागि आवश्यक तयारीमा जुट्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!