पर्वत, २८ माघ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग कुनैपनि प्रकारको समिरण नगरिने स्पष्ट पार्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टी पर्वतले बुधवार सदरमुकाम कुश्मामा आयोजना गरेको जनसंवाद कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष र अन्य पदाधिकारीसँग पटक पटक छलफल भएको, कुराकानी भएको बाहिर आएको भएपनि समिकरणका बारेमा कुनै छलफल नभउको दाबी गर्नुभयो । बेला बेला जुनसुकै दल, र नेताहरुसँग पनि छलफल भेटघाट हुन सक्छ, तपाईहरु ढुक्क हुनुहोस् हामी समीकरण गर्नेवाला छैनौ । ओलीसँग भेट्ने बित्तिकै कार्यकर्तामाझ त्रास पैदा हुने गरेको बताउँदै प्रचण्डले भन्नुभयो ढुक्क हुनुहुोस् कुनै समिकरण हुँदैन ।
उहाँले कसैसँग चुनावी तालमेल नगरिकनै मुलुकको नेपाली कम्युनिष्ट पार्टी निर्णायक शक्ति बन्ने प्रयास गरिरहेको बताउनुभयो । आगामी निर्वाचनमा नेकपाले जेन्जी पुस्ताको माग अनुरुपकै युवा, अनुभवी उम्मेदवारहरु खडा गरेको बताउँदै आफ्ना् पार्टीको पक्षमा मधेसदेखि पहाडसम्म माहौल बढ्दै गएको दावी गर्नुभयो ।
संयोजक प्रचण्डले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा उठेको ‘जेन्जी’ पुस्ताको आवाजलाई पार्टीले पूर्ण अपनत्व दिएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “देश र जनताको पक्षमा नयाँ संकल्पसहित अघि बढ्ने तागत निर्माण गर्न नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको हो ।” उहाँले नेपाली कम्युनिस्ट पार्टी कसैसँग चुनावी तालमेल नगर्ने भन्दै आफ्नै तागतमा उभिएर पहिलो शक्ती बन्ने दाबी समेत गर्नुभयो ।
यसपटक महँगा सभा–सम्मेलनको साटो घर–घर र टोल–टोलमा पुगेर डिजिटल अभियान चलाइने रणनीति रहेको उहाँको भनाई रहेको छ । एकताको बलबाट प्रतिकृयाबादीहरुलाई नेकपाले परास्त पार्ने प्रचण्डको दाबी छ । नेतृत्व राम्रो भएको भए पहिलो पटक बनेको नेकपा नटुक्रिने भन्दै ओलीको अहंकार र दंभका कारण अलग हुन परेको स्मरण गर्नुभयो ।
संयोजक प्रचण्डले पर्वतवाट नेकपाका उम्मेदवार मनहरी शर्मालाई जिताएर पठाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । युवा, अनुभवी र विज्ञता भएको मनहरी पर्वतका अन्य उम्मेदवार भन्दा अब्बल रहेको बताउँदै तारा चिन्हमा मतदान गरेर उहाँलाई बिजयी गराउन प्रचण्डको आग्रह रहेको थियो ।
संयोजक प्रचण्डले मुलुक निर्वाचनको संघारमा उभिरहेको बताउँदै फागुन २१ गतेनै शान्तिपुर्ण निर्वाचन हुने दावी गर्नुभयो । निर्वाचन कुनैपनि हालतमा सार्न र स्थगित गर्न नहुने उहाँको दावी छ ।






