देउपुर नमुना माविको १७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न  - News site from Nepal
पर्वत– पर्वतको मोदी गाउँपालिका वडा नं. २ पातीचौरमा रहेको देउपुर नमुना आवासीय अंग्रेजी माविको १७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
स्थापना भएको १७ औँ वर्षको अवसरमा विभिन्न गतिविधि गर्दै सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले यो मुलुकको शैक्षिक गुणस्तर विकासमा निजि विद्यालयको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । राज्यले जतिसुकै लगानी गरेपनि सामुदायिक विद्यालय भन्दा निजि विद्यालयहरुकै गुणस्तर र व्यवस्थापन अब्बल रहेको बताउँदै शर्माले सामुदायिक विद्यालयले पनि निजि विद्यालयहरुवाट पाठ सिक्नुपर्ने बताउनुभयो । उहाँले मोदी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि विभिन्न रचनात्मक कामहरु गरिहेको बताउनुभयो । उहाँले शिक्षक, विद्यार्थी र अभिभावक जिम्मेवार भएर लागेमा मात्र शिक्षा क्षेत्रलाई सुधार गर्न सकिने उहाँको भनाई छ ।
कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने, मोदी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद अधिकृत दिनेश शर्मा, हिसानका केन्द्रीय सदस्य यामप्रसाद शर्मा, प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेल लगायतले बोल्नुभएको थियो । सो अवसरमा  चालु शैक्षिक सत्रमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
कार्यक्रमको संचालन रुचिला सापकोटाले गर्नुभएको थियो । सो अवसरमा विद्यालयका संस्थापक बलराम शर्माले विद्यालयका विविध विषयमा बोल्नुभएको थियो । यो विद्यालयमा अहिले तीन सय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक र सांगितीक प्रस्तुतीहरु राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!