जिल्ला स्तरीय दौड प्रतियोगिताको उपाधि चुमे कृष्ण र सिम्रनले  - News site from Nepal
पर्वत– पर्वत जिल्ला स्तरीय दौड प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला खेलकुद विकास समिति पर्वतद्धारा आयोजित छात्रा पाँच किलोमिटर र छात्र १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ कृष्ण परियारले उपाधि चुम्न सफल भएका छन् ।  यसैगरी दोस्रो आनन्द थापा बनेका भने तेस्रो मुलुकसिह खत्री बने ।
यसैगरी छात्रातर्फ विहादीकी सिम्रन थापाले उपाधि हात पारेकि छन् । दोस्रोमा मोदीकी सजिना लामिछाने र तेस्रोमा फलेवासकी सरस्वती कुँवरले पुरकार हात पारेकि हुन् ।
छात्र, छात्रा दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश दश हजार, पाँच हजार र तीन हजारका दरले पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रमको उद्घाटन कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण पौडेलले गर्नुभएको थियो । उहाँले स्वास्थ्यका लागि खेल अति आवश्यक रहेको बताउँदै खेलकुदका गतिविधिहरुलाई बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
जिल्ला खेदकुद विकास समितिका अध्यक्ष जंगबहादुर पुन बुद्धको अध्यक्षतामा सम्पन्न कार्यक्रको स्वागत सन्तोष पौडेलले गर्नुभएको थियो । छात्रतर्फ २५ जना र छात्रा तर्फ सात जना खेलाडी दौडमा सहभागि भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!